अमेरिकाले ३० खर्ब अमेरिकी डलरको ऋणपत्र बिक्री गर्दै
वासिड.टन, वैशाख २४
संयुक्त राज्य अमेरिकाले चालू वर्षको दोस्रो त्रैमासिकमा ३० खर्ब अमेरिकी डलर ऋण लिएर कोरोनाभाइरस महामारीबाट अर्थतन्त्र जोगाउने भएको छ । उक्त रकम सन् २००८ को वित्तीय संकटयताकै पाँच गुणा ठूलो ऋण हो । अघिल्लो वर्ष अमेरिकाले १२ खर्ब ८० अर्ब डलर ऋण लिएको थियो । भाइरसले पारेको प्रभाव न्यूनीकरण गरेर राहत प्याकेज, स्वास्थ्य क्षेत्रको कोष खडा तथा प्रत्यक्ष खर्च भुक्तानीका लागि उक्त रकम स्वीकृत भइसकेको बीबीसीले जनाएको छ ।
अमेरिकासँग अब २ सय ५० खर्ब अमेरिकी डलर ऋण पुगेको छ । पछिल्लो खर्च प्याकेज देशको अर्थतन्त्रको १४ प्रतिशत हाराहारीमा हुने जनाइएको छ । यस्तै अमेरिकाले कर तिर्ने समय समेत बढाएको छ । ३० खर्ब डलरबारे पार्टीहरुले छलफल समेत गरिरहेका छन् । अमेरिकाले सरकारी ऋणपत्र बिक्री गरेर रकम लिने गर्छ । अमेरिकी ऋण कम जोखिमयुक्त भएकाले विगतमा पनि न्यून ब्याजदर रहँदै आएको छ । अमेरिकी संसद्को बजेट अफिसले गत महिना यो वर्ष ३७ खर्ब अमेरिकी डलर बजेट घाटा पुग्ने अनुमान गरेको थियो । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले गत हप्ताहरुमा १० खर्ब डलरको ट्रेजरी खरिद गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया