भर्जिन एटलान्टिकले ३ हजार रोजगारी कटौती गर्ने
भर्जिन एटलान्टिकले ३ हजार रोजगारी कटौती गर्ने
लन्डन, वैशाख २४
विमान सेवा प्रदायक भर्जिन एटलान्टिकले बेलायतमा ३ हजार रोजगारी कटौती गर्ने निर्णय गरेको छ । बीबीसीका अनुसार कम्पनीले ग्याटविक विमानस्थलको अपरेसन समेत अन्त्य गर्ने भएको छ । यसअघि नै ब्रिटिस एयरवेजले ग्याटविक अपरेसन बन्द गर्ने निर्णय गरिसकेको छ । पाइलटहरुको युनियनले भने यसलाई दुःखद भनेको छ । धेरै विमान कम्पनीहरु विश्व महामारीका कारण अहिले अप्ठ्यारो अवस्थामा पुगेका छन् । उक्त एयरलाइन्सले १० हजार मानिसलाई रोजगारी दिएको छ ।
कम्पनीले सरकारसँग आकस्मिक ऋणका लागि आह्वानको प्रक्रियामा समेत रहेको छ । कम्पनीका अनुसार बोर्डवरपरका रोजगारी कटौती हुनेछ । कम्पनीले ३६ वर्षदेखि सेवा दिँदै आएको छ । गत हप्ता ब्रिटिस एयरवेजले १२ हजार रोजगारी कटौती गर्ने जनाएको थियो । कम्पनीसँग ४२ हजार कार्यबल छन् । ग्याटविकको अपरेसन महामारी पुनः सञ्चालन हुनसक्नेछ । त्यस्तै -यानएयरले पनि ३ हजार रोजगारी कटौती गर्ने जनाइसकेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया