आजदेखि भारतले संसारभर अलपत्र नागरिकको उद्धार गर्ने
नयाँ दिल्ली, वैशाख २५
आज बिहीबारदेखि भारतले ६४ उडानमार्फत करिब १५ हजार भारतीयलाई उद्धार गर्ने भएको छ । आजदेखि सुरु हुने उद्धारमा पहिलो लटमा विभिन्न १२ मुलुकमा अलपत्र परेका उक्त नागरिकलाई एयरलिफ्ट गरिने विदेशमन्त्री एस जयशंकरले ट्विटरमार्फत जानकारी दिएका छन् । विदेशमन्त्री एस जयशंकरले ‘वन्दे भारत मिसन’अन्तर्गत नागरिकको उद्धार गर्न लागिएको र यो क्रम १ हप्तासम्म चल्ने बताएका छन् । उनले ट्विट गर्दै भारत आउनेहरुलाई आफू रहेको मुलुकका दूतावासको सम्पर्कमा रहिरहन समेत आग्रह गरेका छन् ।
खाडी मुलुकबाहेक सेड्युलमा नरहेका व्यावसायिक उडान गर्ने विमानहरुबाट अमेरिका, बेलायत, बंगलादेश, मलेसिया, सिंगापुर र फिलिपिन्सबाट भारतीयलाई ल्याइने तयारी छ । नागरिक उड्डयनमन्त्री हरदीप पुरीले सबै गरी १ लाख ९० हजारलाई सुरुमा ल्याउने तयारी भएको छ । यो संख्या ४ लाखसम्म पुग्नसक्ने बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया