गरिब देशहरुका लागि छ करोड ७० लाख अमेरिकी डलर माग
न्युयोर्क, वैशाख २६
संयुक्त राष्ट्रसंघले कोरोना भाइरसविरुद्ध लड्नका लागि गरिब देशहरुका लागि दुई करोडदेखि छ करोड ७० लाखसम्म अमेरिकी डलरको खाँचो रहेको जनाएको छ । गरिब देशहरुलाई आर्थिक संकट परेकाले तत्काल सहयोग गर्न पनि राष्ट्रसंघले सहयोगी देशहरुलाई बिहीबार आग्रह गरेको छ । राष्ट्रसंघको मानवीय सहायता प्रमुख मार्क लोकोकले कोरोना भइरसको महामारीका कारण गरिव देशहरुलाई तीनदेखि छ महिनासम्म निकै आर्थिक समस्या पर्ने बताए । आम्दानीका श्रोतहरु घटेको, रोजगारी गुमेको, खाद्यान्नको अभाव भएको, बालबालिकाहरुले खोप र खाना लिन नपाएकोलगायतका कारणले संकटको संकेत स्पष्टसँग देखिएको उनको भनाइ छ ।
राष्ट्रसंघले यसअघि गत मार्च २५ देखि नै ३७ सदस्य राष्ट्रलाई कोरोना भाइरसविरुद्ध लड्नका लागि आर्थिक सहयोगको आवश्यकता रहेको बताउँदै आएको छ । बिहीबार गरेको आग्रहमा थप नौ देशलाई पनि सहयोगको आवश्यकता रहेको उल्लेख गरिएको अधिकारीहरुले जनाएका छन् । थप सहयोगको आवश्यकता परेका देशहरुमा बेनिन, जिबुटी, मोजाम्बिक, पाकिस्तान, फिलिपिन्स, सिएरालिओन, टोगो र जिम्वाब्वे रहेका छन् । अति गरिव मुलुकहरु यसअघि नै अत्यावश्यकता परेका देशहरुको सूचीमा रहेका थिए । ती देशहरुमा आम्दानी, रेमिटेन्स र पर्यटन घटेको र द्वन्द्व, भोकमरी र गरिवी बढेको उनले बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- आजदेखि नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु
- जनकपुरमा सहकारी संस्थाका कर्मचारीबाट लुटियो ८० लाख
- अग्नीपीडितलाई लहान नगरपालिकाको सहयोग
- दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङ सुरु
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया