सोलुखुम्बुका १३ जनाको स्वाब परीक्षणका लागि टेकु पठाइयो
सोलुखुम्बु, वैशाख २८
सोलुखुम्बुमा कोरोना संक्रमणको आशंका गरिएका १३ जनाको स्वाव संकलन गरि काठमाडौ पठाइएको छ । जिल्लाको सोताङ गाउँपालिका र लिखुपिके गाउँपालिकाका १३ जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएको हो । आरडीटी परीक्षणमा पोजेटिभ देखिएका दुई जना तथा अन्य शंका गरिएका ११ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु पठाइएको जिल्ला स्वास्थ्य कार्यालय सोलुुखम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिए । उनका अनुसार सोताङमा उदयपुरबाट आएकी युवती, उनको सम्पर्कमा आएका २ जना र उनीसँगै गाडीमा आएका ७ जनाको पीसीआर परिक्षणका लागि स्वाब सकंलन गरिएको पठाइएको हो ।
गाउँपालिकाको क्वारेन्टिनमा बसेकी युवत्तिमा कोरोनाको शंका देखिए पछि उच्च निगरानिमा राखिएको थियो । यसअघि आरडीटी परीक्षणमा शंकास्पद देखिएका लिखुपिकेका युवा र उनीसँगै क्वारेन्टाइनमा रहेका अन्य दुई जना समेत गरी तीन जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएको छ । लिखुपिकेको युवाहरु भोजपुरबाट आएका थिए । उनीहरुलाई पनि उच्च निगरानीमा राखिएको बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया