भारतमा सुरुङमा फसेका ४१ जनाको सकुशल उद्धार
भारत । भारतको उत्तराखण्डको उत्तरकाशीस्थित सिल्क्यराको निर्माणाधीन सुरुङमा १७ दिनदेखि फसेका ४१ जना मजदुरको सकुशल उद्धार भएको छ । उत्तराखण्ड सरकारले सबै कामदारको सकुशल उद्धार गरिएको जनाएको छ ।
उद्धार लगत्तै उनीहरुलाई नजिकैको अस्पताल लगिएको छ । उद्धारकर्ताले ९० सेन्टिमिटर व्यास भएको पाइपबाट उनीहरुलाई बाहिर निकालेका थिए ।
गत नोभेम्बर १३ मा सुरुङभित्र गएको पहिरोका कारण मजदुरहरु सुरुङभित्रै थुनिएका थिए । मजदुरहरुले काम गरिरहेको अवस्थामा सुरुङको मुखदेखि दुई सय मिटरभित्रको भाग भत्किएको थियो । त्यसबेला उनीहरु सुरुङ निर्माणमा संलग्न थिए ।
सुरुङमा थुनिएपछि उद्धारकर्मीहरुले एउटा सानो पाइपमार्फत भित्र फसेका मानिसहरुलाई अक्सिजन, खानेकुरा र पानी पठाइरहेका थिए । गत शुक्रबार नै मजदुरहरुलाई केही घण्टामा बाहिर निकाल्ने खबर पठाइए पनि सुरुङभित्र प्वाल पार्ने उपकरण भाँचिएपछि उद्धारको प्रयास अवरुद्ध भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- मन्त्री परिषदको निर्णय : विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने
- बजेटमा महासंघको सुझावः भ्याटलाई १३ प्रतिशतबाट १० मा झार्नुपर्ने देखि स्टार्टअप उद्योगलाई १० वर्षसम्म आयकर छुट
- रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
- पार्टीलाई बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री अधिकारी
- ज्योति विकास बैंकद्वारा कर्मचारीलाई सम्मान
- जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन
- पाशुपत क्षेत्र धार्मिक पवित्र स्थल हो, भाषण गर्ने ठाउँ होइन: मन्त्री तामाङ
- पशुपति क्षेत्र विकास कोषको वार्षिक उत्वमा वृक्षरोपण र रक्तदान कार्यक्रम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया