सांघाई अटो पार्ट्स मेलामा पाँच हजार छ सय कम्पनी सहभागी
सांघाई । अटोमोटिभ पार्टपुर्जा, उपकरण र सेवा आपूर्तिकर्ताहरूका लागि लक्षित सांघाई अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन स्वदेश तथा विदेशका पाँच हजार छ सयभन्दा बढी कम्पनीहरू सांघाईमा भेला भएका छन् ।
कार्यक्रमको प्रदर्शनी क्षेत्र तीन लाख वर्ग मिटरमा फैलिएको बताइएको छ । संयुक्त राज्य अमेरिका, पोल्याण्ड, जर्मनी, फ्रान्स, स्पेन, इटाली र बेलायतलगायत ४१ देश र त्यस क्षेत्रका व्यावसायिक प्रदर्शकहरू मेलामा सहभागी छन् ।
नयाँ ऊर्जावाहन आपूर्ति शृङ्खलाको वृद्धिलाई ध्यानमा राख्दै, परम्परागत क्षेत्रहरूमा रूपान्तरण र स्तरवृद्धिका अतिरिक्त अन्य थुप्रै अन्तर्राष्ट्रिय अटोमोटिभ बजारका बढ्दो अवसरहरू अन्वेषण गर्न हाल विश्वबजार चीनतिर लम्किरहेको मेस्से फ्रान्कफर्ट (एचके) लिमिटेडका महाप्रबन्धक फियोना चिउले उल्लेख गरेका छन् ।
चाइना अटोमोबाइल म्यानुफ्याक्चर्स एसोसिएसनले जारी गरेको तथ्याङ्कअनुसार चीनको अटोमोबाइल उत्पादन र बिक्री दुवै गत वर्षको सोही अवधिको तुलनामा क्रमशः आठ प्रतिशत र नौ दशमलव एक प्रतिशतले बढेर करिब २४ करोड युनिट पुगेको छ । सो कार्यक्रम १८औँ संस्करणका रूपमा बुधबार सुरु भई डिसेम्बर दुईसम्म चल्ने छ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- मन्त्री परिषदको निर्णय : विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने
- बजेटमा महासंघको सुझावः भ्याटलाई १३ प्रतिशतबाट १० मा झार्नुपर्ने देखि स्टार्टअप उद्योगलाई १० वर्षसम्म आयकर छुट
- रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
- पार्टीलाई बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री अधिकारी
- ज्योति विकास बैंकद्वारा कर्मचारीलाई सम्मान
- जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन
- पाशुपत क्षेत्र धार्मिक पवित्र स्थल हो, भाषण गर्ने ठाउँ होइन: मन्त्री तामाङ
- पशुपति क्षेत्र विकास कोषको वार्षिक उत्वमा वृक्षरोपण र रक्तदान कार्यक्रम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया