दक्षिण कोरियामा २३, चीनमा शून्य संक्रमित
सोल, जेठ ११
कोरोनाभाइरसको संक्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरिएमा अहिले फेरि दिनप्रतिदिन संक्रमितहरु भेटिन थालेका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितहरु फेरी धमाधम देखिन थालेपछि दक्षिण कोरियामा रात्री क्लव, बार, रेष्टुरेन्टलगायतका व्यवसायिक कार्यालयहरु बन्द गरिएको छ ।दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट ११ हजार १ सय ६५ जना संक्रमित भएका छन् भने २ सय ६६ जनाको मृत्यु भएको छ ।
अहिले भेटिएका १३ जना राजधानी सोलसँगैको ग्येन्गी प्रान्तमा भेटिएका हुन् । त्यस क्षेत्रमा थप कडाई गरिएको छ । पछिल्लो समयमा मात्रै दक्षिण कोरियामा झण्डै पाँच सय जना संक्रमित भेटिएका छन् । पहिचान गर्ने र परिक्षण गर्ने क्रम पनि तिव्र पारिएको जनाइएको छ । दक्षिण कोरियामा संक्रमण नफैलिने गरी उच्च सतर्कतासहित उच्च शिक्षाका लागि केही शैक्षिक संस्थाहरुमा भने अध्ययन अध्यापन कार्य गर्न थालिएको छ । तर यता चीनमा भने आहिले एक जना पनि कोरोनाभाइरसबाट संक्रमित नभेटिएको अधिकारीहरुले जनाएका छन् । दुई जना भने शंकास्पद देखिएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले नयाँ विरामी नभेटिएपनि अहिले ७९ जना संक्रमितको उपचार भइरहेको छ । चीनमा अहिलेसम्म ८२ हजार ९ सय ७१ जना संक्रमित भएका छन् भने ४ हजार ६ सय ३४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । (रासस/एपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
- रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया