‘दिल्ली–बैंग्लोरको हवाइ यात्रामा पाँच वर्षे बालकको एकल यात्रा’
नयाँ दिल्ली, जेठ १४
सोमबारदेखि आन्तरिक उडान सुरु गरेको भारतमा उडानमार्फत विभिन्न गन्तव्य जाने यात्रुहरूको संख्या ५८ हजार ३ सय १८ पुगेको भारतीय उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सोमबार देशका विभिन्न स्थानबाट कुल ८ सय ३२ उडान गरिएको थियो । सोमबारका उडानहरूमध्ये एउटा यस्तो उडान भएको छ जसमा एक पाँच वर्षका बालकले एकल हवाइ यात्रा गरेका छन् । तीन महिनादेखि दिल्लीमा फसेका पाँच बर्षीय बालक बिहान शर्माका लागि सोमबार दिल्ली–बैंग्लोरको यात्रा आफ्नी आमासँग भेट गर्ने अनौठो संयोग बनेको हो । परिवारबाट टाढा रहेका शर्मा दिल्लीमा आफन्तकहाँ बस्दै आएका थिए ।
बैंग्लोरमा शर्माकी आमाले उनलाई रिसिभ गरेकी हुन् । सोमबार जब बिहान बैंग्लोर एयरपोर्टमा पुग्दा उनकी आमा छोराको प्रतीक्षा गरिरहेकी थिइन् । उनले छोरा दिल्लीबाट आएको जहाजमा एक्लै आएका विमानका कर्मचारीले आफूलाई बताएको जानकारी गराइन् । एएनआईले एकल यात्रा गर्ने ती बालकको हातमा विशेष श्रेणीको कार्ड बोकेको तस्बिर सार्वजनिक गरेको छ । बिहान शर्मा केही दिनको छुट्टीमा दिल्लीमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न गएका समय लकडाउन भएपछि उनी तीन महिनासम्म आफ्नो काखबाट टाढा रहेको उनकी आमाले बताइन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया