एस्टोन मार्टिनको सेयर ९४ प्रतिशतले घटेपछि प्रमुखले पद छाडे
वेलायत, जेठ १४
विलासी कार निर्माता बेलायती कम्पनी एस्टन मार्टिनका प्रमुख कार्यकारी एन्डी पाल्मरले पद छोड्ने भएका छन् । उनको स्थान तोबियस मोर्सले अगस्ट १ देखि लिने भएका छन् । त्यस समयसम्मका लागि केथ स्टान्सन अन्तरिम प्रमुख सञ्चालन अधिकृत रहने बीबीसीले जनाएको छ । मोर्स मर्सिडिजको सब्सिडरी कम्पनी एएमजीबाट एस्टन आएका हुन् । एएमजीमा उनी अहिले प्रमुख कार्यकारी अधिकृत छन् । कोरोना महामारी सुरु हुनुअघि देखि नै कम्पनीको अवस्था बिग्रिनथालेको थियो । भाइरस महामारीपछि कम्पनीको सेयर ९४ प्रतिशतले झरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै प्रमुखले राजीनामा दिने जनाएको हो ।
कम्पनीका अनुसार अहिले नेतृत्व परिवर्तन गर्नु उपयुक्त बेला पनि हो । पाल्मरले भने कम्पनीमा ६ वर्षसम्म काम गर्न पाउनु आफ्ना लागि ठूलो कुरा भएको बताएका छन् । उनले व्यवस्थापन र कम्पनीका कर्मचारीलाई धन्यवाद समेत दिएका छन् । यसबाहेक व्यवस्थापनमा समेत केही निर्देशकहरु प्रिवर्तन भइसकेका छन् । निर्देशकहरु रिचार्ड सोलोमोन, इमेल्डा वाल्स र टेन्सी ह्वेलनले शनिबारदेखि पद छाडिसकेका छन् ।
नेतृत्व परिवर्तनको समाचार आएपछि कम्पनीको सेयर ४० प्रतिशतभन्दा बढीले उकालो लागेको छ । कम्पनीले चालू वर्षको पहिलो तीन महिनामा ५ सय ७८ वटा सवारीसाधन बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको १ हजार ५७ को तुलनामा निकै कम हो । यसले कम्पनीको करअघिको घाटा ११ करोड ८९ लाख पाउन्ड स्टर्लिङ पुगेको छ । जुन १ वर्षअघि १ करोड ७३ लाख पाउन्ड थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सहकारीको लहरो पहरोसम्मै पुगोस्
- ‘श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु’
- प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
- व्यवसायीलाई दुःख दिँदै राजस्व कार्यालय
- पशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि नि:शुल्क
- निर्जीवन बीमा कम्पनीका २२ लाख ६२ हजार बीमालेख जारी
- निर्माण क्षेत्र थप धरासायी
- भावी सेनापति सिग्देलको दोहोरो नागरिकता छानबिन गर्न माग गर्दै गृहमा उजुरी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया