मार्चयता पहिलोपटक स्पेनमा कोरोना संक्रमितको मृत्यु रोकियो
म्याड्रिड, जेठ २१
युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरुले बताएका छन् । आपत्कालीन स्वास्थ्य सेवाका प्रमुख फर्नान्डो सिमोनले पछिल्लो स्वास्थ्य विवरण निकै बढी उत्साहप्रद रहेको बताए । पत्रकार सम्मेलनका क्रममा उनले २४ घण्टाका अवधिमा ७१ जना नयाँ संक्रमित व्यक्ति भेटिएको जानकारी दिए । ‘संक्रमण नियन्त्रण र रोकथामका क्षेत्रमा निकै सुधार भएको देखिएको छ । सरकारका प्रयासहरु सही दिशातर्फ उन्मुख भएको यसले प्रष्ट बनाएको छ’, उनले भने ।
स्पेनमा मार्च ३ मा पहिलोपटक दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । त्यसको दुई दिनपछि अर्को व्यक्तिको ज्यान गएको थियो । त्यसयता स्पेनमा मृत्यु हुनेको संख्या नाटकीय रुपमा बढेको थियो । अप्रिल २ मा एकै दिन ९ सय ५० जनाको मृत्यु भएको थियो । देशभर कुल संक्रमित २ लाख ४० हजार व्यक्तिमध्ये २७ हजार १२७ जनाको मृत्यु भएको औपचारिक स्वास्थ्य विवरणमा देखिएको छ ।
सुरुवाती दिनहरुमा युरोपेली मुलुक इटालीपछि स्पेन सर्वाधिक प्रभावित थियो । तर भाइरसका कारण फ्रान्स र बेलायतलाई पनि आक्रान्त बनाएको थियो । स्पेनमा मध्य मार्चमा सरकारले लकडाउनलाई अति कडा बनाएको थियो । तर अहिले परिस्थितिमा निकै सुधार आएसँगै लकडाउनमा खुकुलो बनाउन थालिएको छ । तर स्पेनी सरकारले भाइरस प्रसारको खतरा अझै रहेको बताउँदै लकडाउन कुनै पनि बेला लगाउन सकिने बताएको छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आपत्काल घोषणा गर्न सक्ने अवशिष्ट अधिकार अरु दुई हप्ता बढाउन संसदमा प्रस्ताव लैजाने बताउनुभएको छ । यो अधिकार प्राप्त गरेमा सरकारले मानिसलाई घरभित्र बस्नेगरी आदेश दिन पाउनेछ । (रासस–एपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया