सुबास बस्नेत
दोलखा, जेठ २२
उद्योग वाणिज्य संघ दोलखाले जिल्लामा दैनिक सात घण्टा बजार खुलाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघको समन्वयमा दैनिक ७ घण्टा पसल खोल्ने सहमति भएको हो । लकडाउनको अवधिमा प्राय सुनसान देखिएका दोलखाका बजारमा बुधबारबाट भने चहलपहल बढेको पाइएको छ । लकडाउनले जिल्लाको जनजीवन प्रभावित बन्दै गएपछि दोलखामा बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म पसल खोल्ने सहमति भएको हो ।
उद्योग वाणिज्य संघको मौखिक प्रस्तावमा होटल रेस्टुरेन्ट बाहेकका पसल खोल्न दिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए । आर्थिक गतिविधि नै ठप्प हुँदा व्यापारी तथा व्यवसायी मारमा परेको भन्दै केही सहज होस् भन्ने उदेश्यले ७ घन्टा बजार पसल खोल्न दिएको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
सदरमुकाम चरीकोटमा करिब साढे तीन सय पसल सञ्चालनमा रहेका छन् । जसमध्ये करिब एक सयको हाराहारीमा बुधबार दिउँसो १२ बजेसम्म पसल खुलेका थिए । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सामानका पसलहरू भने पहिलेदेखि नै खोल्न दिएको थियो । चैत ११ गतेदेखि सुरु भएको लकडाउन जेठ २१ गतेसम्म आफूहरूले इमानदार भएको माने पनि अब पसल बन्द गरेर बस्न नसकिने भन्दै संघले पसल खोल्न प्रशासन कार्यालयसँग अनुमति मागेको थियो । पसल खुलेसँगै मानिसहरूको चहलपहल पनि बढेको छ ।
साथै सवारी साधनको ओहोरदोहोर पनि बढेको जिल्ला ट्राफिक कार्यालय चरीकोटका ट्राफिक प्रहरी प्रमुख गोकर्ण नेपालले बताए । नेपालका अनुसार बजार धेरैजसो निर्माण सामग्री ढुवानीका सवारी चल्ने गरेका छन् । लकडाउनका बीच पनि जिल्लामा महत्वपूर्ण आयोजनाको काम सुचारु भइरहेको हुँदा निर्माण सामग्रीका सवारी चल्ने गरेको उनको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया