बीरगञ्ज, जेठ २७
यसपटक वर्षा समयमा भए पनि किसानहरूले छरेको धानको बीउ तयारी नहुँदा रोपाइँ केही ढिला हुने भएको छ । किसानहरूले छरेको धानको बीउ कम्तीमा २५ दिनमा रोपाइँका लागि तयारी हुन्छ । बीउ छरेसँगै किसानहरूले धान रोपाइँ गर्नका लागि खेत तयारी पनि गरेका थिए । तर छरेको बीउ समयमा तयार नहुँदा पानी परेर खेत तयार भएपनि रोपनी हुन सकेको छैन ।
तीन दिनदेखि लगातार परेको पानीले धान रोपाइँ गर्न प्रशस्त अवसर थियो । तर बीउ तयारी नहुँदा किसानहरूले समयमा रोपनी गर्न सकेनन् । अरू बेला समयमा पानी नपरेर समस्या भोग्ने गरेका किसानहरूले यस वर्ष भने समयमा पानी पर्दा बीउ तयारी नहुँदा समस्या भोगेका हुन् । किसानहरूले यसपटकको बीउ कमसल भएकोले तोकेको समयमा तयार नभएको बताए । अन्य बेला यस समयमा बीउ तयार हुन्थ्यो तर पानीको अभावमा रोपनी हुन सक्दैन थियो । तर यसपटक बीउ तयार हुन समय लाग्यो । पर्सामा लकडाउनको कारण किसानहरूले उन्नत जातको बीउ पाउन सकेका थिएनन् । बजारमा उन्नत जातको बीउ अभाव भएको र लकडाउनको कारण सीमापारि भारतीय बजारबाट पनि खरिद गरेर ल्याउने अवस्था नभएकोले किसानहरूले खानका लागि भकारीमा राखेको धानलाई बीउको रूपमा प्रयोग गरेका थिए । उन्नत जातको बीउ अभावमा समय लागेको किसानहरूको बुझाइ छ ।
जीराभवानी गाउँपालिका–२ सेढवाका किसान माथुर महतो थारूले खाने धानलाई बीउको रूपमा प्रयोग गर्नुपर्ने बाध्यकारी अवस्थाका कारण समयमा बीउ तयारी नभएको बताए । पहिलोपटक ब्याडमा हालेको बीउ रोपाइँ गर्न योग्य भए पनि दोस्रोपटक हालेको बीउ भर्खर उम्रिन थालेकाले रोपाइँ गर्न नसकिएको उनले बताए । समयमा पानी परेकोले यस वर्ष भूमिगत सिँचाइअन्तर्गत दमकलको प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्त भएको उनले बताए । समयमा पानी परेर सिँचाइको समस्या नरहेको किसान थारूले भने । यसअघिका वर्षमा समयमा पानी नपर्दा आकासे पानीमा निर्भर किसानहरूले भूमिगत सिँचाइका लागि प्रतिबिघा चार हजारदेखि पाँच हजार रूपैयाँसम्म खर्च गर्नुपर्दथ्यो ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया