बाइडेनसँगै चुनाव लड्ने उपराष्ट्रपतिका उम्मेदवारको छनौट हुँदै
अमेरिका, जेठ ३२
अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रयाटको तर्फबाट जो बाइडेनले प्रतिश्पर्धा गर्ने निश्चित भएपनि उपराष्ट्रपतिमा अझै पनि धेरै जना आकांक्षी रहेका छन् । ती आकांक्षीहरुको नामावलीलाई साँघुरो बनाउने कार्य भइरहेको पार्टीका नेताहरुले जानकारी दिएका छन् । पूर्वउपराष्ट्रपति समेत रहेका बाइडेनको समुहबाट उपराष्ट्रपतिमा प्रतिस्पर्धा गर्नका लागि धेरै नेताहरुले आकांक्षा देखाएका छन् । आकांक्षीहरुको सूचीमा धेरै अश्वेत अमेरिकी महिलाहरु समेत रहेका थिए ।
आकांक्षीहरुलाई मिलाउनका लागि बनाइएको सर्च कमिटीले आकांक्षीहरुसँग पटक–पटक छलफल गरेर उम्मेदवारहरुको संख्या घटाउने प्रयास र प्रक्रियाहरु भइरहेको जनाएको छ । प्रारम्भिक अन्तर्वार्ताहरु र छ चरणको प्रक्रिया गरिएको उनीहरुको भनाइ छ । यति प्रक्रिया गर्दासम्म मस्साचुसेट्सको एलिजाबेथ वारेन, क्लालिफोर्नियाको कमाल हरिससँगै तत्कालीन राष्ट्रपतिपति बाराक ओबामाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राइस आकांक्षीको सूचीमा छन् । अमेरिकामा यसै वर्षको अन्त्यतिर हुने निर्वाचनका लागि दल तथा नेताहरुले चुनावी कसरतलाई तीव्रता दिएका छन् । (रासस/एपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया