चीनद्वारा शैक्षिक क्षेत्रको लगानीमा ८.७४ प्रतिशतको वृद्धि
वेइजिड., असार १
चीनले देशभर शैक्षिक क्षेत्रमा गरेको लगानी सन् २०१९ मा ५० खर्ब १७ अर्ब ५० करोड चिनियाँ युआन पुगेको चीन सरकारले बताएको छ । सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा ८.७४ प्रतिशत रकम वृद्धि भएको हो । चीनमा गरिएको शैक्षिक लगानी ५० खर्ब नाघेको यो पहिलो पटक हो । उक्त जानकारी चीनको शिक्षा मन्त्रालयले जुन १३ तारिख सार्वजनिक गरेको ’चीनमा शैक्षिक लगानीको कार्यान्वयन अवस्था २०१९’मा उल्लेख छ ।
प्राप्त जानकारी अनुसार, सन् २०१९मा शिशु विद्यालयमा भएको लगानी ४ खर्ब ९ अर्ब ९० करोड थियो जुन अघिल्लो वर्षको तुलनामा ११.६३ प्रतिशतले वृद्धि भएको छ । अनिवार्य शिक्षामा (छ वर्षको प्राथमिक तथा तीन वर्षको प्राथमिक विद्यालय) लगाइएको लगानी २२ खर्ब ७८ अर्ब रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ९.१२ प्रतिशतले वृद्धि हो ।
उच्च प्राथमिक विद्यालय शिक्षामा गरिएको लगानी ७ खर्ब ७३ अर्ब पुगेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ७.५३ प्रतिशतको वृद्धि हो । उच्च शिक्षा (विश्वविद्यालय)मा भएको लगानी १३ खर्ब ४६ अर्ब ४० करोड रहेको र अघिल्लो वर्षको तुलनामा ११.९९ प्रशितले वृद्धि भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया