तिलोत्तमाका चार सहकारीहरू मर्जरको प्रक्रियामा जाँदै
पोसकान्त पोखरेल
बुटवल, मंसिर २७
साबिक टिकुलीगढ गाविस तथा हालको तिलोत्तमा नगरपालिका– १३ र १४ रूपन्देहीमा अवस्थित चार वटा सहकारीहरू मर्जर प्रक्रियामा जाने भएका छन् । तिलोत्तमा–१३ का १३ र १४ का वडा अध्यक्षहरूको पहलमा चारवटै सहकारी संस्थाहरूका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, राजनीतिज्ञ, पत्रकारको बीचमा भएको सामूहिक छलफलमा सहकारीहरू मर्जरमा जान उत्सुक देखिँदा मर्जका ढोकाहरू खुलेका हुन् ।
तिलोत्तमा–१४ का वडा अध्यक्ष सोहनप्रसाद थारुको अध्यक्षता र तिलोत्तमा–१३ का वडा अध्यक्ष गणेश न्यौपानेको सञ्चालनमा भएको छलफलले सोहनप्रसाद थारुको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति पनि निर्माण गरेको छ । उक्त समितिको संयोजकमा तिलोत्तमा–१४ का वडा अध्यक्ष सोहनप्रसाद थारु, सदस्यहरूमा तिलोत्तमा–१३ का वडा अध्यक्ष गणेश न्यौपाने, श्याम खरेल, हेमराज अर्याल, लक्ष्मण सुवेदी, युगल पाण्डे, मिरा कुमारी विक रहेका छन् ।
उक्त समितिले सहकारीहरूलाई मर्जरको लागि मध्यस्थकर्ता भई सहज र सरल ढंगको भूमिका खेल्नेछ । तिलोत्तमा–१४ नं. को बनकट्टीमा अवस्थित टिकुलीगढ दूग्ध उत्पादक तथा बहु–उद्देश्यीय सहकारी संस्थाको सभाहलमा भएको उक्त छलफल कार्यक्रममा अनुप बराल, गणेश उपाध्याय, श्याम खरेल रनबहादुर राना, बेदप्रसाद न्यौपाने, हेमराज अर्याल, टिकाराम पाण्डे, इश्वरचन्द्र पोखरेल, सुमित्रा सुवेदीलगायतले बोल्दै साबिक टिकुलीगढ गाविस दुई भागमा विभाजन भई १३ र १४ दुई वडा भए पनि सिङ्गो टिकुलीगढ दुवै वडाका बासिन्दाहरूको हो । यहाँ भाइचाराको सम्बन्ध छ भन्ने सन्देश फैलाउनका लागि पनि चार सहकारीबीचको एकीकरण जरुरी रहेको धारणा राखेका थिए ।
तिलोत्तमा–१३ का वडा अध्यक्ष तथा मर्जर सहजीकरण समीतिका सदस्य गणेश न्यौपानेले नेपाल सरकारको सहकारी एकीकरण नीतिलाई तिलोत्तमा नगरपालिकामा पहिलो पटक कार्यान्वयन गरी स्थानीय पुँजीलाई स्थानीयस्तरमै राख्ने मुख्य उद्देश्य रहेको बताए । उनले स्थानीय क्षेत्रमा भएको पुँजीलाई स्थानीयस्तरमै परिचालन गर्न सके औद्योगिक तथा व्यावसायिक क्षेत्रको प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने बताए ।
सकारात्मक सन्देश प्रवाह गरी सहकारीलाई थप मजबुत बनाउने उद्देश्यका साथ अगाडि सारिएको मर्ज प्रक्रियामा तिलोत्तमा–१४ को बनकट्टीमा अवस्थित महिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तिलोत्तमा–१४ को सुपौलीमा अवस्थित सरोकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तिलोत्तमा–१४ को सुपौलीमा अवस्थित सौगात बचत तथा ऋण सहकारी संस्था लिमिटेड र तिलोत्तमा १३ करौजियामा अवस्थित खुशियाली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया