भारत र युरोपेली संघको १५औं सम्मेलन जुलाई १५ मा हुने
नयाँ दिल्ली, असार २६
भारत र युरोपेली संघको १५औँ शिखर सम्मेलन यही जुलाई १५ मा हुनेभएको छ । कोरोनाभाइरसको त्रासका कारण सम्मेलन भिडियोमार्फत गर्ने तयारी भएको अधिकारीहरुले जनाएका छन् । सम्मेलनमा कोरोनाभाइरसले पारेको प्रभावसँगै अन्य विभिन्न क्षेत्रीय तथा विश्वव्यापी विषयबस्तुका बारेमा पनि छलफल हुने भएको छ ।
सम्मेलनमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेल र युरोपेली आयोगका अध्यक्षका उर्सुला भोनडेर लियनले युरोपेली संघको तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छिन् । यता भारतको तर्फबाट भने प्रधानमन्त्री नरेन्द्र मोदीले सहभागिता जनाउनुहुने युरोपेली परिषद्द्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । सम्मेलनलाई नयाँ चुनौती सामनाका लागि नयाँ रणनीति तय गर्ने अवसरको रुपमा लिन लागिएको परिषद्ले जनाएको छ ।
नेताहरुले सुरक्षा, मौषम, वातावरण, व्यापार र लगानी, विद्युतीय अर्थतन्त्र र कनेक्टीभिटीलगायतका विषयमा पनि छलफल गर्ने भएका छन् । वक्तव्यमा लेखिएको छ, ‘यस सम्मेलनले युरोपेली संघ र भारतको रणनीतिलाई बलियो बनाउन सहयोग गर्ने विश्वास लिन सकिन्छ । यसलाई अवसरको रुपमा पनि प्रयोग गर्नुपर्ने देखिन्छ । विषेश गरेर लोकतन्त्र, स्वतन्त्रता, कानूनी शासन र मानवअधिकारको सम्मानका लागि पनि नेताहरूले ध्यान दिनुहुनेछ ।’ अहिले हुन लागेको सम्मेलन यसै बर्षको शुरुमा नै गर्ने तय भएको भएपनि कोराना भाइरसको त्रासका कारण सरेर स्थगित भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया