कोरोनाले रेष्टुरेन्ट व्यवसायीसहित दुईको निधन
काठमाडौं, साउन ८
नेपालम पहिलोपटक एक विदेशी नागरिकको कोरोनाको कारण निधन भएको छ । पोखरामा एक वर्ष अगाडिदेखि रेष्टुरेन्ट व्यवसाय गर्दै आएकी एक ४९ वर्षीया चिनियाँ महिलाको कोरोनाको कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अर्का एक भने धनुषाका ६० वर्षीय पुरुष छन् । उनको धरानस्थित बीपी कोइराला अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
पोखरामा ती चिनियाँ महिलालाई मिर्गौला र मुटुसम्बन्धी समस्या देखिएपछि मणिपाल अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौंस्थित ग्रान्डी अस्पताल ल्याइएको थियो । त्यसपछि थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएकोमा उनको बुधबार निधन भएको हो ।
धनुषाका एक र एक चिनियाँ नागरिकसहित नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४२ जना पुगेको छ । बुधबार नै नेपालमा थप एक सय जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १८ हजार ९४ जना पुगेको छ । १२ हजार छ सय ८४ जना निको भएर घर फर्किएका छन् । अब नेपालका विभिन्न अस्पतालमा पाँच हजार चार सय १० जनाको मात्र उपचार भइरहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
- उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिक अधिकार स्थापित हुन्छ
- लेखापालहरुका किसिम किसिमका नियम !
- बालबालिकाका लागि वैशाख ३१ मा ‘बृहत खोज र खोप अभियान’
- श्रमिक दिवस: हरवाचरवालगायत कृषि मजदुरका समस्या समाधानका लागि आग्रह
- उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
- नारायणगढ–बुटवल सडक: पाँच वर्षमा पचास प्रतिशत काम पूरा
- श्रमिक दिवसको अवसरमा अध्यक्ष ओलीद्वारा शुभकामना व्यक्त
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया