निसानलाई ६.४ अर्ब अमेरिकी डलर घाटा हुने प्रक्षेपण
जापान, साउन १४
जापानी सवारीसाधन निर्माता निसानले महामारीको कारण कम्पनीले चालू आर्थिक वर्षमा ६.४ अर्ब अमेरिकी डलरको घाटा हुने मंगलबार प्रक्षेपण गरेको छ ।महामारीकाबीच जारी अनिश्चितताका कारण आफ्नो वार्षिक कारोबारको पूर्वानुमान रिपोर्ट सार्वजनिक गर्न ढिला गरेको निसानले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा महामारीको समय सवारीसाधनको बिक्रीमा आएको कमीका कारण २.७ अर्ब अमेरिकी डलर घाटा भएको जनाएको छ ।
‘कोभिड–१९ को कारण पूरा त्रैमासिकमा निसानको प्रमुख बजारहरू निकै प्रभावित बनेका छन्’, प्रमुख सञ्चालन अधिकृत अश्वामी गुप्ताले बताए । उनले प्रक्षेपण तथा कारोबारको तथ्याङ्क सार्वजनिक गर्दै भने, ‘नतिजाले प्रष्ट देखाउँछ कि महामारीको नराम्रो प्रभाव हाम्रो कारोबारमा परेको छ ।’
महामारीको प्रभाव आफ्नो प्रमुख बजारहरू जापान, चीन, र अमेरिकामा महामारीका कारण कारोबारमा मन्दी आउँदा आफ्नो विश्वव्यापी व्यापार मूल्य ५०.५ प्रतिशतमा झरेको निसानले बताएको छ । उक्त कम्पनीले आफ्नो वार्षिक विक्रीमा २१ प्रतिशतले गिरावट आउँदा ७.८ ट्रिलियन येनको घाटा भएको जनाएको छ । ‘विश्वव्यापी कोरोनाभाइरस महामारीको प्रभावको परिणामस्वरूप गत वर्षको तुलनामा यो वर्षको पहिलो त्रैमासिक अवधिमा समग्र माग झण्डै आधामा झरेको छ’, निसानका अर्का सञ्चालक अधिकृत मोकोतो उचिदाले भने ।
उनले कम्पनीका विश्वभर रहेका उद्योगहरूले उत्पादन बन्द गर्नुपर्ने अवस्था रहेको बताए । ‘अहिले सञ्चालनमा रहेका उद्योगमा पनि उत्पादन दरमा ठूलो ह्रास आएको छ । यसले व्यवसायमा गम्भीर आर्थिक प्रभाव परेको छ’, उनले भने । यस वर्षका लागि गरिएको वार्षिक प्रक्षेपणमा निसानलाई गत वर्षको तुलनामा ६७० जापानी येन घाटा हुने अनुमान गरिएको भए पनि मेसम्मको घाटा ६७१ हुनुले कम्पनीको कारोबार थप संकटमा गएको उनले बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मन्त्री यादव न्युयोर्कमा
- जिपी कोईराला फाउन्डेशन अमेरीकाका अध्यक्ष घिमीरे बने पहिलो नेपाली अमेरिकन सम्मानित
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया