लकडाउनलाई खुकुलो बने पनि ईयूको बेरोजगारी दरमा सामान्य वृद्धि
ब्रसेल्स, साउन १६
जुन महिनामा यूरोपेली संघ (ईयू) क्षेत्रमा कोरोनाभाइरस महामारी नियन्त्रणका लागि अपनाइएका लकडाउनलगायतका प्रतिबन्धात्मक उपायमा केही खुकुलो भए पनि बेरोजगारी समस्यामा अझै सामान्य वृद्धि नै देखिएको ईयूको बिहीबार सार्वजनिक आधिकारिक तथ्यांकले देखाएको छ । यद्यपि बन्दाबन्दी तथा नियन्त्रणका अन्य उपायलाई खुकुलो पारेसँगै उपभोक्ताहरूको विश्वासमा सुधार आएको तथ्यांकमा उल्लेख छ । युरोपेली १९ मुलुक, जसले एकल मुद्रा(यूरो)को प्रयोग गर्दै आएका छन्, हरू तथा अन्य (ईयू) अन्तर्गतका यूरोपेली राष्ट्रहरूमासमेत मौसमीरूपमा समायोजन गरिएको वेरोजगारी दर जुनमा ७.८ प्रतिशत रहेको छ । जुन अघिल्लो महिनाको (७.७ प्रतिशत) बाट ०.१ प्रतिशत को वृद्धि हो ।
बेरोजगारी दरवृद्धिको प्रमुख कारण भने महामारीलाई नै मानिएको छ । तर कोरोनाभाइरस महामारी र यसको परिचरक बेरोजगारी गणना गर्ने विधिलाई आर्थिक बन्दाबन्दीका कारण हुने रोजगारी गुमाउने वास्तविक मापनलाई मान्यता दिन नसक्ने यूरोस्टाट नामक निकायले चेतावनी दिएको छ । यूरोस्ट्याटले बेरोजगारहरूको अन्तर्राष्ट्रिय श्रम संगठनको परिभाषा प्रयोग गर्दै बितेका चार हप्तामा सक्रियताका साथ काम खोजी गरिरहेका मानिसहरू र अर्को दुई हप्ताभित्रमा काम सुरू गर्ने श्रमिकलाई बेरोजगार दर मापनका लागि आधार बनाउने जनाएको छ ।
‘यसैबीच, बेरोजगारी एजेन्सीहरूमा दर्ता गर्नेहरूको एक महत्वपूर्ण हिस्सा अहिले सक्रियताका साथ रोजगारीको खोजीमा छैनन्, उदाहरणका लागि बन्दाबन्दीका उपायहरूद्वारा सीमित वा कामको लागि अहिले उपलब्ध हुन नसक्ने देखिन्छ । उदाहरणका लागि बन्दाबन्दीको समयमा आफ्ना नानीबाबुहरू वा अविभावकको स्याहारमा रहेका व्यक्ति यतिवेला काम गर्न सम्भव छैन’, युरोस्ट्याटले भनेको छ, ‘यसले आईएलओको परिभाषा बमोजिम दर्ता भएका बेरोजगार र बेरोजगारको रूपमा नापिएका व्यक्तिहरूको संख्यामा संगति नल्याउने देखिन्छ ।’ यूरोस्ट्याटको अनुमानमा एक करोड ५० लाख २३० व्यक्ति ईयूमा बेरोजगार छन्, जसमध्ये एक करोड २६ हजार ८५० वेरोजगार रहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया