कोरोना महामारीकै बीच हुन्डाईले बेच्यो ४१ हजार गाडी
भारत, साउन १८
कोरोना महामारीकै बीच सवारीसाधन निर्माता हुन्डाईले जुलाई महिनामा ४१ हजार ३ सय गाडी बिक्री गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार हुन्डाई मोटर इन्डिया लिमिटेडले ३८ हजार २ सय गाडी भारतमा र ३ हजार १ सय गाडी निर्यात गरेको हो । कोरोना फैलिएपछि अटोमोबाइल क्षेत्रले पनि नराम्रो असर सामना गर्नुपरेको थियो ।
महामारीका कारण मानिसहरुले सार्वजनिक यातायातभन्दा निजी सवारी रोज्न थालेका छन् । कम्पनीले देशको आर्थिक क्षेत्र चलायमान पार्ने प्रयास गरिरहेको दाबी गरेको छ । कम्पनीका अनुसार जुलाई २०२० मा कुल ३८ हजार २ सय गाडी भारतमै बिक्री भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९८ प्रतिशत बिक्री हो । कम्पनीका क्रेटा, भेन्यु, वर्ना, इलाइट आई२० र निओ गाडीहरुको सर्वाधिक माग आइरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया