नवलपुर, साउन २१
नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६/७७ मा विद्युत् महसुलवापत २१ करोड तीन लाख ७२ हजार ३ सय १० रुपैयाँ संकलन गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले ९७ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ ।
प्रशाखा प्रमुख सुजन रिजालका अनुसार कूल दुई करोड २२ लाख १५ हजार ६ सय २३ युनिट विद्युत् बिक्रीबाट कार्यालयले सो रकम आम्दानी गरेको हो । कार्यालयले बिक्री गरेको विद्युत्मध्ये घरायसी ग्राहकतर्फ एक करोड तीन लाख ६९ हजार ४ सय ५१ युनिट विद्युत् बिक्रीबाट नौ करोड २४ लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको रिजालले बताए ।
कार्यालयले असार महिनामा मात्रै विद्युत् महसुलवापत दुई करोड ६५ लाख ३९ हजार ८३ रुपैयाँ संकलन गरेको छ । गैँडाकोटमा बर्सेनि नयाँ ग्राहक थपिने क्रम बढ्दै गइरहेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै गैँडाकोटका नौ वडामा गरी ५ सय ३३ नयाँ ग्राहक थपिएका कार्यालय प्रमुख रिजालले बताए । प्रशाखासँग अहिले १० हजारभन्दा बढी ग्राहक रहेको भन्दै आफूहरुको कार्यालयलाई प्रशाखाबाट स्तरोन्नति गरी शाखा बनाउने तयारी भइरहेको रिजालले बताए ।
गैँडाकोट नगरपालिकाका १८ वटै वडाको विद्युत् महसुल गैँडाकोटमा बुझाउनुपर्ने गरी शाखा बनाउने उनले बताए । हाल गैँडाकोटका वडा नं १० देखि १८ सम्मको विद्युत् महसुल कावासोती वितरण केन्द्रमा बुझाइँदै आएको छ । कार्यालय स्थापनादेखि अन्य पूर्वाधार निर्माणका लागि पर्याप्त जग्गा अभावका कारण गैँडाकोट प्रशाखालाई शाखामा स्तरोन्नति गर्न समस्या परेको रिजालको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६/७७ मा ३ सय ६३ ग्राहकको विद्युत् लाइन काटेको छ । तीन महिनाभन्दा बढी समयको विद्युत् महसुल भुक्तानी नगर्ने तथा पाँच हजार रुपैयाँ भन्दा बढी बक्यौता तिर्न बाँकी रहेका ग्राहकको विद्युत् लाइन काटिएको कार्यालय प्रमुख रिजालले जानकारी दिए । विद्युत् लाइन काटिएका ग्राहकबाट ४७ लाख ६० हजार रुपैयाँ बराबरको रकम उठाउन बाँकी रहेको उनले बताए ।
आर्थिक वर्ष २०७६/७७ मा गैँडाकोट प्रशाखाको कार्यक्षेत्रभित्र २० जनाले विद्युत् चोरेर प्रयोग गरेकाले उनीहरुलाई कारवाही गरिएको कार्यालयले जनाएको छ । उनीहरूबाट एक लाख ५० हजार रुपैयाँ जरिवाना संकलन गरिएको कार्यालय प्रमुख रिजालले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया