सुबास बस्नेत
दोलखा, साउन २६
भीमेश्वर नगरपालिकास्थित भीम माध्यमिक विद्यालयमा सुविधासम्पन्न आधुनिक सभाहल निर्माण गरिने भएको छ । जिल्लाको तेस्रो पुरानो उक्त विद्यालयका पूर्वविद्यार्थीहरूले आधुनिक सभाहल निर्माण गरिदिने भएका हुन् । सभाहल निर्माणको शुभारम्भ आइतबार एक कार्यक्रमका बीच वाग्मती प्रदेश सांसद पशुपति चौलागाई र भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरतबहादुर केसीले संयुक्तरूपमा गरेका छन् । भीमेश्वर नगरपालिका वडा नम्बर दुईमा रहेको उक्त विद्यालयको परिसरमा १ सय ८० सिट क्षमताको जिल्लाकै नमुना सभाहल निर्माण गर्न लागिएको पूर्वविद्यार्थी समाजका अध्यक्ष रमेश खतिवडाले जानकारी दिए ।
उनका अनुसार उक्त सभाहल निर्माणको लागि ३५ लाख लागत लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म सभाहल निर्माणका लागि १२ लाख ५० हजार रकम संकलन भइसकेको समेत उनले जानकारी दिए । हल निर्माणका लागि भीमेश्वर नगरपालिकाका प्राविधिक प्रमुख इन्जिनियर सुरेश राउतले मुल कन्सेप्ट बनाएका हुन् भने भवनको डिजाइन चौधरी ग्रुपमा कार्यरत दोलखा बजारकी आर्किटेक ईन्जिनियर दिप्ती मास्केले गरेकी हुन् । सिङ्गो दोलखा जिल्लाको इतिहास बोकेको पुरानो विद्यालय भीम माविको सरक्षण गर्न पूर्वविद्यार्थी लागिपरेको भन्दै कार्यक्रमका वक्ताहरूले पूर्वविद्यार्थी समाजलाई धन्यवाद दिए । सभाहल निर्माण गर्न प्रदेशतहमा कुरा राख्ने प्रदेश सांसद चौलागाईले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया