पूर्वमालिकविरुद्ध म्याकडोनाल्डले हाल्यो मुद्दा
लन्डन, साउन २७
चर्चित कम्पनी म्याकडोनाल्डले आफ्नै पूर्वमालिकविरुद्ध मुद्दा दायर गरेको छ । पूर्वप्रमुख कार्यकारी स्टिभ एस्टरबुकविरुद्ध कर्मचारीसँग यौनिक सम्बन्ध राखेको भन्दै मुद्दा दायर गरेको बीबीसीले जनाएको छ । कम्पनीले गत वर्ष उनलाई निकालेको थियो । उनले कर्मचारीसँग यौनिक सम्बन्ध राखेको खुलेपछि कम्पनीले कारबाही गरेको थियो ।
तर पछि अनुसन्धान गर्दा उनले बोर्डमा सम्बन्धबारे ढाँटेको र सूचना लुकाएको तथा अरु तीन जनासँग पनि सोही प्रकारको सम्बन्ध रहेको खुलेपछि कम्पनीले ४ करोड अमेरिकी डलरबराबरको मुद्दा दायर गरेको हो । म्याकडोनाल्ड फास्टफुड कम्पनी हो । उसले नियामक निकायमा गरेको उजुरीमा अनुसन्धानको क्रममा अरु सूचना मिलेपछि अरु कदम चाल्न बाध्य भएको जनाइएको छ ।
उजुरीमा भनिएको छ, ‘एस्टरबुकबारे थप अनुसन्धान गरेपछि उनले सूचना नष्ट गरेको र बोर्डलाई कर्मचारीसँगको सम्बन्धबारे ढाँटेको तथा थप तीन जनासँग शारीरिक सम्बन्ध राखेको हुँदा यो कार्य हाम्रो कम्पनीको नीतिविरुद्ध छ ।’
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया