आशिष बहादुर सिंह
बझाङ, साउन ३०
जिल्लामा केही दिनअघि क्वारेन्टाइनमा बस्नेको संख्या क्रमशः घट्दै गएको थियो । तर भारतमा रोजगारी गुमाएर नेपाल फर्किने मानिसको संख्या बढेपछि बझाङका विभिन्न स्थानका क्वारेन्टाइन फेरि भरिन थालेका छन् ।
भारतमा कोरोना संक्रमणले भयावह रूप लिन थालेपछि धेरैजसो जिल्लावासीहरू रोजगार गुमाएर गाउँ फर्किने क्रममा क्वारेन्टाइनमा बस्न थालेका हुन् । भारतमा तलब पाउने समय १ तारिकदेखि १५ तारिकसम्म भएकाले धेरैजसो तलब बुझेर घर फर्कन थालेको केदारस्युँका सुरेश धामीले बताए । उनका अनुसार अस्पतालले बिरामी चेक समेत नगर्ने, साहुहरूले तलब घटाउने र जागिरबाट निकाल्ने क्रम बढेपछि जिल्ला भित्रिने क्रम बढेको हो । अन्य बिरामी भए पनि भारतका अस्पताल चेकजाँच गर्न मान्दैनन्, तलब पनि घट्यो, घटेको तलब पनि दिन नमानेपछि नेपाल फर्किनुपरेको राजु सिंहले बताए ।
‘परदेशमा तड्पेर बाँच्नुभन्दा आफ्नै गाउँघर सुखदुःख गरौँला भनेर फर्कियौँ’, छबीसपाथिभेरा ७ का कटक धामीले भने । बझाङमा साउन २१ अर्थात् अगष्ट ५ तारिकदेखि बुधबारसम्म जिल्ला भित्रिनेको संख्या पाँच सय ९६ रहेको छ, जसमा भारतबाट मात्रै यो अवधिमा पाँच सय २२ जना विभिन्न क्वारेन्टाइनमा थपिएका छन् । बुधबार ८५ जना थप भएसँगै जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या ५ सय ७७ पुगेको छ ।
हाल क्वारेन्टाइनमा थपिने र डिस्चार्ज भएर घर फर्किनेको संख्या बराबरी रहेको छ । अहिले सबैभन्दा बढी केदारस्युँ गाउँपालिकामा एक सय ८१ जना क्वारेन्टाइनमा बसिरहेका छन् । यस्तै जिल्लाभरका स्थानीय तहले व्यवस्थापन गरेका आइसोलेसनमा हाल ६१ जना बसिरहेका छन् । आइसोलेसनमा बस्ने संख्या पनि केदारस्युँ गाउँपालिकामा नै बढी रहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया