विश्व प्रविधिबजारमा प्रभुत्व जमाउँदै चिनियाँ कम्पनी
बेइजिड., भदौ २२
विश्व प्रविधि बजारमा चिनियाँ ब्रान्डको उपस्थिति बढेको छ । यो वर्ष दोस्रो त्रैमासिकमा चिनियाँ वस्तुको शिपमेन्ट उल्लेख्य बढेको एउटा औद्योगिक प्रतिवेदनले देखाएको सिन्ह्वाले जनाएको छ । दोस्रो त्रैमासिकमा अमेरिकी प्रविधि कम्पनी एप्पल, चिनियाँ प्रविधि कम्पनी हुवावे र साओमीले विश्व प्रविधिबजारलाई डो¥याइरहेका छन् ।
यो तथ्यांक विश्व बजार अनुसन्धान फर्म इन्टरनेशनल डाटा कर्पोरेसन (आईडीसी)ले तयार गरेको हो । अरुको तुलनामा हुवावेको ब्रान्ड शिपमेन्ट ५८ प्रतिशतले बढेर १ करोड ९ लाख पुगेको छ भने साओमीको १३.५ प्रतिशतले विस्तार भएर १ करोड १ लाख पुगेको छ ।
वेरेबल प्रडक्ट्सअन्तर्गत इयरवेयर (कान पहिरन), नाडीमा बाँध्ने वस्तु (रिस्टब्यान्ड) र स्मार्टवाच (हातेघडी) पर्दछन् । यिनै वस्तुको व्यापारमा चिनियाँ प्रभुत्व विस्तार भएको हो । यसमध्ये पनि कुल वेरेबल प्रडक्टको ६० प्रतिशत भने इयरेबल वस्तुले ओगटेको रिपोर्टले देखाएको छ । आईडीसी सन् १९६४ मा स्थापना भएको संस्था हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया