एपबाट उपलब्ध हुने सबै ट्याक्सी सन् २०४० सम्म विद्युतीय हुने
अमेरिका, भदौ २५
अमेरिकी कम्पनी उबेरले एप्लिकेसनबाट उपलब्ध हुने आफ्ना सबै ट्याक्सी सन् २०४० सम्ममा विद्युतीय हुने बताएको छ । ती ट्याक्सीहरु अमेरिका, क्यानडा र युरोपेली सहरमा भने अन्तभन्दा १० वर्षअघि नै अर्थात् सन् २०३० सम्ममा विद्युतीय हुनेछन् ।
त्यसका लागि कम्पनीले ८० करोड अमेरिकी डलर खर्च गर्नेछ भने उत्पादकहरुसँग साझेदारी समेत गर्नेछ । प्रयोगकर्ताले विद्युतीय वा हाइब्रिड भेहिकल छान्न पाउनेछन् । यो विकल्प अमेरिका र क्यानडाका १५ सहरमा उपलब्ध हुनेछ । त्यसको लागि थप १ डलर लाग्नेछ । यो वर्षको अन्त्यसम्ममा कम्पनीले विश्वका ६५ भन्दा बढी सहरमा सेवा विस्तार गर्ने जनाएको छ ।
उबेर र उसको प्रतिस्पर्धी लिफ्ट कम्पनीमाथि वायु प्रदूषण र ट्राफिक जाम गराएको भन्दै आलोचना भएको थियो । लिफ्टले पनि सन् २०३० सम्ममा आफ्ना ट्याक्सी सबै विद्युतीय हुने जनाइसकेको छ । उबेरले मंगलबार जनाएअनुसार उसको विद्युतीय ब्याट्री गाडीले शून्य दशमलव १५ प्रतिशतमात्रै रहेको छ । युरोपेली सहरमा सेवा विस्तार गर्न उबेरले रेनो र निसानसँग सहकार्य गर्ने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया