कोरोनाका कारण विश्वभरि नौ लाख २० हजारभन्दा बढीको मृत्यु
काठमाडौं, भदौ २०
विश्वभरि कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म नौ लाख २० हजार एक सय ४४ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायतका विभिन्न निकायहरुले सार्वजनिक गरेका विवरणहरुका अनुसार विश्वभरि अहिलेसम्म दुई करोड ८६ लाख ७९ हजार १९२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
विश्वमा कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको संख्या भने दुई करोड पाँच लाख ९४ हजार आठ सय ८४ पुगेको छ । हाल विश्वमा ७१ लाख ६४ हजार एक सय ६४ व्यक्ति कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेका छन् । तीमध्ये ७१ लाख तीन हजार २७४ जनाको अवस्था सामान्य रहेको जनाएको छ । त्यसैगरी ६० हजार आठ सय ९० जनाको अवस्था भने गम्भीर रहेको पाइएको छ ।
अनुपातमा हेर्दा कुल संक्रमितमध्ये झण्डै ९९ प्रतिशत संक्रमितको अवस्था सामान्य रहेको छ भने एक प्रतिशतको अवस्था मात्रै गम्भीर रहेको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा पहिलो पटक देखिएको कोरोना भाइरस अहिले विश्वका दुई सय १५ देशमा देखिएको छ । यसको संक्रमण विश्वभरि नै फैलिएपछि अहिले महामारीको रुप लिएको छ ।
कोरोना भाइरसबाट बढी प्रभावित भएका देशहरुमध्ये संयुक्त राज्य अमेरिका सबैभन्दा अगाडि रहेको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दशवटा देशको डब्लुएचओद्वारा प्रकाशित तथ्यांक यस्तो रहेको छ । अमेरिकामा ६६ लाख ३६ हजार दुई सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । तीमध्ये एक लाख ९७ हजार चार सय २१ जनाको मृत्यु भएको छ । दोस्रो धेरै प्रभावित भएको भारतमा ४६ लाख ६३ हजार नौ सय ३० जना कोरोना भाइरसबाट संक्रमित रहेका छन् भने ७७ हजार पाँच सय ३७ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४२ लाख ८३ हजार नौ सय ७८ जना कोरोना भाइरसबाट संक्रमित हुँदा एक लाख ३० हजार चार सय ७४ जनाको मृत्यु भएको तथ्यांक छ । रुस १० लाख ५७ हजार तीन सय ६२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यहाँ कोरोनाकै कारण अहिलेसम्म १८ हजार चार सय ८४ जनाको मृत्यु भएको छ । पेरुमा भने संक्रमित भएकाहरुको संख्या सात लाख ६१ हजार छ सय ७० रहेको छ । संक्रमित भएकाहरुको संख्या रुसको भन्दा थोरै रहे पनि मृत्यु भएकाहरुको संख्या भने रुसमा भन्दा पेरुमा धेरै रहेको छ । पेरुमा कोरोनाका कारण तीस हजार चार सय ७० जनाको मृत्यु भएको छ ।
त्यसैगरी कोलम्बिया सात लाख दुई हजार ८८, मेक्सिको छ लाख ५८ हजार दुई सय ९९, दक्षिण अफ्रिका छ लाख ४६ हजार तीन सय ९८, स्पेन पाँच लाख ७६ हजार छ सय ९७ र अर्जेन्टिनामा पाँच लाख ३५ हजार सात सय पाँच जना संक्रमित भएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया