निरन्तरको वर्षाले किबीका बिरुवा कुहिए
महेन्द्र शाही
सोलुखुम्बु ।
सोलुखुम्बुको बागवानी केन्द्र फाप्लुले उत्पादन गरेको किबीको बेर्ना कुहिन थालेको छ । यस वर्ष अत्यधिक पानी पर्दा नर्सरीबाट बाहिर निकालिएको बेर्ना मर्न थालेकोे केन्द्रका निमित्त प्रमुख उपेन्द्र ठाकुरले जानकारी दिए । अघिल्लो वर्षको भन्दा यो वर्ष पानी बढी परेकाले बेर्नामा क्षति पुगेको उनको भनाइ छ ।
बागवानी केन्द्रले यो वर्ष उत्पादन गरेको करिब २५ हजार बेर्नामध्ये करिब १० प्रतिशतभन्दा बढी बर्नाको जरा कुहिएर मरेको केन्द्रले जनाएको छ । किबीको बेर्नाका लागि घाम र पानी उत्तिकै आश्यक भए पनि यो वर्ष निरन्तर झरी पर्दा बेर्ना फस्टाउन नसकेको निमित्त प्रमुख ठाकुरको भनाइ छ । पानी नपर्नुपर्ने बेलामा पनि पानी परिरहेकाले बेर्ना बिग्रेको बताइएको छ ।
जिल्लाभित्र तथा बाहिरबाट बिरुवाको अत्यधिक माग भएकाले माग धान्न समस्या हुनेगरेको केन्द्रको भनाइ छ । उत्पादन गरिएको बिरुवाले समेत माग धान्न नसक्ने अवस्थामा बेर्ना कुहिएपछि थप समस्या भएको ठाकुरले बताए । पछिल्लो समय किबी खेतीप्रति किसानको आर्कषण बढेकाले कृषकबाट बिरुवाको माग अत्यधिक आउने गरेको छ । अघिल्लो वर्षमा समेत माग धान्न नसकेको केन्द्रले यो वर्ष भने अघिल्लो वर्षको भन्दा बढी उत्पादन गर्दा सहज हुने अनुमान गरिएकोमा अहिले बेर्ना कुहिँदा अवस्था अघिल्लो वर्षको जस्तै हुने देखिएको बागबानि केन्द्रका सचना अधिकारी चन्द्र फडेराले जानकारी दिए ।
जिल्लाभित्र तथा बाहिरबाट बिरुवाको माग बढेसँगै अघिल्लो वर्षबाट बागवानी केन्द्रले आफैँ बेर्ना उत्पादन सुरु गरेको थियो । तर बेर्ना उत्पादनका लागि रुट उत्पादन नहुँदा किसानको मागको आधा बिरुवा उपलब्ध गराउन नसकेको केन्द्रले जनाएको छ । जसल गर्दा यो वर्ष पनि जिल्ला बाहिरबाट बिरुवा खरिद गरेर वितरण गर्नुपर्ने अवस्था सृजना हुने देखिएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया