विश्व बैंक र आईएमएफलाई राष्ट्रसंघका महासचिव गुटरेसको आग्रह
न्युयोक ।
संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष, आइएमएफलाई कोरोना भाइरसले प्रभावित भएका देशहरुलाई आर्थिक र अन्य सहयोग गर्न आग्रह गरेका छन् । उनले कोरोना भाइरसका कारण समस्यामा परेका विश्वका विभिन्न देशहरुलाई सुविधा र सहयोग उपलब्ध गराउन ती संस्थालाई आग्रह गरेका हुन् । सुरक्षा परिषदको बिहीबारको बैठकलाई सम्बोधन गर्दै महासचिव गुटर्रेसले सो धारणा राखेको समाचारमा जनाइएको छ ।
‘हामी चाहन्छौँ कि विश्व बैंक र मुद्रा कोषजस्ता संस्थाहरुले कोरोना भाइरसको प्रकोपमा परेका देशहरुलाई आवश्यक सहयोग होस् र ती संस्थाहरुले उपलब्ध गराउने सेवा र सुविधाहरुमा संयुक्त राष्ट्रघका सदस्य राष्ट्रहरुको पनि पहुँच होस्’, उनले भनेका थिए ।
कोरोना भाइरसको महामारीले विश्वका देशहरुमा आर्थिक समस्या पारेको तथा यसका कारणले विश्वका देशहरु विभिन्न आर्थिक जोखिमको अवस्थामा रहेका भन्दै यस्ता देशलाई सहयोग गर्न महासचिव गुटर्रेसले आग्रह गरेका हुन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष, आइएमएफले विश्वमा कोरोना भाइरसको प्रकोपका कारण ठूलो आर्थिक मन्दी आउने र ठूला आर्थिक देशहरुमा पनि यसको समस्या देखा पर्ने बताउँदै आएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया