बारा, पुस ११
प्रहरीले सरकारी कागजात किर्ते गरेको अभियोगमा पचरौता नगरपालिका वडा नम्बर ४ र ५ का वडासचिव प्रभु पण्डितलाई पक्राउ गरेको छ । जबरजस्ती करणी उद्योग कसूरका अभियुक्तलाई फाइदा तथा पीडितलाई नोक्सानी पु-याउने नियतले अभियुक्तको किर्ते जन्मदर्ता बनाएको अभियोगमा वडासचिव प्रभु पण्डितलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
जबरजस्ती करणी उद्योग कसूर मुद्दामा जिल्ला अदालत बाराको पुस १ गतेको आदेशले हाल पुर्पक्षको सिलसिलामा कारागार कार्यालय वीरगञ्ज थुनामा रहेका पचरौता नगरपालिका ५ बस्ने सोहन भन्ने १८ वर्षीय जितेन्द्र महतो नुनियाको २०५८ सालमा जन्म भएकोमा २०६० सालमा जन्म भएको भनी वडासचिव पण्डितले किर्ते कागज तयार गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पण्डितउपर लिखतसम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया