सवारी कारबाहीबाट गत मंसिर महिनामा करिब दुई लाख राजस्व संकलन
महेन्द्र शाही
सोलुखुम्बु, पुस ११
जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले मंसिर महिनामा सवारी कारबाहीबाट भण्डै दुई लाख राजस्व संकलन गरेको छ । प्रहरीले दिएको जानकारीअनुसार दुई सय ७५ वटा सवारी साधनलाई कारबाही गरी एक लाख ९२ हजार पाँच सय राजस्व संकलन भएको हो । एक महिनाको अवधिमा कारबाहीमा पर्ने सवारी साधनहरूमा सबैभन्दा बढी एक सय ११ वटा जिप रहेको र सोबापत ७५ हजार पाँच सय राजस्व संकलन भएको ट्राफिक प्रहरी इन्चार्ज सञ्जिव चौधारीले बताए ।
त्यस्तै ७६ वटा मोटरसाइकल कारबाहीबाट ५७ हजार पाँच सय, ४५ वटा ट्रकबाट ३० हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै १९ वटा आटो कारबाहीबाट १४ हजार, १७ वटा ट्याक्टरबाट ११ हजार र सातवटा बसबाट चार हजार राजस्व संकलन भएको ट्राफिक प्रहरीको भनाइ छ । मंसिर महिनामा कात्तिक महिनाको तुलनामा २० हजार पाँच सय बढी राजस्व र ११ वटा बढी सवारी साधन कारबाहीमा परेको ट्राफिक प्रहरीको भनाइ छ ।
कात्तिक महिनामा दुई सय ६४ सवारी कारबाहीबाट एक लाख ७२ हजार राजस्व संकलन भएको चौधरीको भनाइ छ । कारबाहीमा पर्ने सवारी साधनहरूमा सवारी चालक अनुमतिपत्र नभएका, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी पोसाक नलगाउने तथा प्रयोजनविपरीत सञ्चालित सवारीसाधनहरू रहेको ट्राफिक प्रहरीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया