श्रीलंकाको उत्पादकत्व मूल्य सूचकांक ७.७ प्रतिशतले बढ्यो
कोलम्बो ।
श्रीलंकाको उत्पादकत्व मूल्य सूचकांक (पीपीआई) अगस्ट महिनामा ७.७ प्रतिशतले उकालो लागेको त्यहाँको डिपार्टमेन्ट अफ सेन्सस एन्ड स्टाटिस्टिक्सले बिहीबार जनाएको छ । पीपीआईले सेवा र वस्तुका उत्पादकहरुले पाउने मूल्यमा हुने परिवर्तनलाई मापन गर्छ । अगस्टमा यो सूचकांक १४४.५ अंकमाा उभिएको छ । गत वर्षको यही समयमा उक्त सूचकांक १३४.२ मा रहेको थियो ।
कृषि क्षेत्रको पीपीआई २४.९ प्रतिशतले बढेको छ भने उत्पादन र ऊर्जा तथा सिँचाइतर्फ क्रमशः ५.१ र ८.३ प्रतिशतले बढेको छ । त्यस्तै बाली उत्पादन र पशुपालन क्षेत्रको गतिविधितर्फ पीपीआई क्रमशः २५.७ र ९.५ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादनतर्फ रबर र प्लाष्टिक उत्पादन, पहिरन र भुवा, खाद्य र पेय क्षेत्रको गतिविधि क्रमशः १०.६, १०.५ र १०.३ प्रतिशतले बढेको छ । त्यस्तै विद्युत वितरणतर्फको पीपीआई पनि १० प्रतिशतले बढेको छ । त्यस्तै पानी वितरणलगायतको ५.२ प्रतिशतले बढेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया