ब्रिटिश एयरवेजलाई २ करोड पाउन्ड जरिवाना
लन्डन ।
ब्रिटिह एयरवेज कम्पनीलाई सूचना आयोगको कार्यालय (आईसीओ)ले २ करोड पाउन्ड स्टर्लिङ जरिवाना गराएको छ । कम्पनीले ४ लाखभन्दा धेरै ग्राहकको तथ्यांक चुहावट गरेको ठहर गर्दै आईसीओले उक्त रकम जरिवाना तिराएको बीबीसीले जनाएको छ ।
सन् २०१८ को घटनामा ब्रिटिश एयरवेज दोषी ठहरिएको हो । सो क्रममा ग्राहकको व्यक्तिगत र क्रेडिट कार्डको जानकारी चुहावट भएको थियो । उक्त रकम सामान्य भएको बताइएको छ । सन् २०१९ मा सोही आयोगले १८ करोड ३० लाख पाउन्ड जरिवाना तिराउन चाहेको बताएको थियो । तर अहिले कोभिड १९ महामारीले नराम्ररी आर्थिक प्रभाव परेको कारण जरिवानामा पुनर्विचार गरिएको हो ।
यसका बाबजुद आईसीओले हालसम्म गरेको जरिवाना रकममध्ये यो नै सबैभन्दा ठूलो हो । उक्त घटनामा ब्रिटिश एयरवेजको सिस्टममा ह्याकरले आक्रमण गरेका थिए । उक्त आक्रमणअघि नै एउटा सेक्युरिटी रिसर्चरले ब्रिटिश एयरवेजलाई सिस्टम असुरक्षित रहेको चेतावनी दिएका थिए । ती रिसर्चरले पछि आईसीओलाई पनि यसबारे जानकारी दिएका थिए ।
ग्राहकको लगइन, पेमेन्ट कार्ड र ट्राभल बुकका विस्तृत विवरणसँगै नाम र ठेगाना पनि सार्वजनिक चुहावट भएको थियो । घटनाको अनुसन्धानको क्रममा सिस्टम सुरक्षित राख्न कम्पनीले आवश्यक पहल नगरेको पाइएको थियो । ब्रिटिश एयरवेजले मल्टिफ्याक्टर अथेन्टिकेसनलगायतका सुरक्षात्मक उपाय अवलम्बन नगरेको फेला परेको थियो । आईसीओले माइक्रोसफ्टको अपरेटिङ सिस्टम चलाइरहेको बीएले उपलब्ध उपाय समेत उपयोग नगरेको जनाएको छ । यद्यपि कम्पनीले भने ग्राहकलाई सचेत गराइएको दाबी गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया