कतार प्रहरीमा जाने भनी रकम बुझाएकालाई ३० दिनभित्र उजुरी दिन आग्रह
काठमाडौं ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि कतार प्रहरीमा पठाइदिने भन्दै म्यानपावर तथा व्यक्तिहरूले राहदानी वा रकम लिएको भएमा उजुरी दिनको लागि सर्वसाधारणलाई आग्रह गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले पछिल्लो समय केही म्यानपावरहरूले विभागसँग स्वीकृति नलिई कतार प्रहरीमा पठाइदिने भन्दै युवाहरूसँग राहदानी/रकम लिएको पाएसँगै उनीहरूले विभागसमक्ष उजुरी गरेको विषयलाई ध्यानमा राख्दै अन्य पीडितहरूलाई पनि उजुरी दिन आग्रह गरेको बताए ।
विभागले वैदेशिक रोजगारीमा कतार प्रहरीमा जाने भनी उल्लिखित म्यानपावर वा म्यानपावरसँग सम्बन्धित व्यक्ति वा अन्य कुनै म्यानपावरमा राहदानी वा रकम बुझाएका व्यक्तिहरूलाई अबको ३० दिनभित्र यथेष्ट प्रमाणसहित विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन वा विभागको अनुगमन शाखाको इमेल ठेगना मोनिटरिङ एटदरेट डाफे डट जीओभी डट एनपीमा मेल गरी उजुरी दिन आग्रह गरेको छ ।
पछिल्लो समय वैदेशिक रोजगारका लागि कतार प्रहरीमा पठाइदिने भनी विभागको पूर्वस्वीकृतिविना अन्तर्वार्ता सञ्चालन गरिरहेका भन्ने प्राप्त सूचना एवं उजुरीको आधारमा विभागबाट खटिएको आकस्मिक अनुगमन टोलीले एसओएस म्यानपावर सर्भिस प्रालि (इ.प.न ८०/०५२) होप इन्टरनेशनल प्रालि (इ.प.न ८५७/०६६/६७) र डीडी ह्युमन रिसोर्स प्रालि (१०४३/०७३/७४) मा अनुगमन गर्दा अन्तर्वार्ता सञ्चालन गरिसकेको/गरिरहेको अवस्थामा टोलीले आवश्यक कागजात नियन्त्रण्मा लिई हाल उल्लिखित संस्थाहरूउपर भइरहेको छानबिनको क्रममा उल्लिखित संस्थाहरूले वैदेशिक रोजगारमा कतार प्रहरीमा पठाइदिने भनि राहदानी/रकम लिएको भन्दै युवाहरूले विभागसमक्ष उजुरी गरेको बताइएको छ ।
वैदेशिक रोजगारीको नाममा मेनपावर तथा व्यक्तिहरूले ठगी, मानव बेचबिखनलगायतका गैरकानुनी काम गरेको पाइन्छ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन नसक्दा कोभिड १९ महामारीका बीचमा पनि विदेश जाने नाममा युवाहरू ठगिन पुगेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया