ह्वाइट हाउसद्वारा ९ खर्ब १६ अर्ब डलरको आर्थिक प्याकेज प्रस्ताव
वासिङ्टन ।
ट्रम्प प्रशासनले मंगलबार कोभिड–१९ राहत प्याकेजका रुपमा कंग्रेस समक्ष ९ खर्ब १६ अर्ब डलरको प्रस्ताव प्रस्तुत गरेको छ । अमेरिकी अर्थतन्त्रमा दोहोरो अंकको मन्दी आउने सम्भावनाबीच नयाँ आर्थिक प्याकेज अगाडि सारिएको छ । सिन्ह्वाका अनुसार अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले एक विज्ञप्ति प्रकाशन गरी नयाँ प्रस्तावले राज्यहरु र स्थानीय सरकारले गर्ने खर्चसहित व्यवसाय, विद्यालय र विश्वविद्यालयका लागि समेत बजेट व्यवस्था गरिएको बताएका छन् ।
उनले नयाँ आर्थिक प्याकेज ल्याउनुअघि कंग्रेसकी सभामुख नान्सी पेलोसीसँग परामर्श गरिएको पनि बताए । अर्थमन्त्री मन्चिनले राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लीकन पार्टीका नेताहरुसँग पनि आर्थिक प्रस्ताव ल्याउनुअघि छलफल गरेको जानकारी दिए । उनले अमेरिकी श्रमिक, परिवार र व्यवसायका लागि अति आवश्यक परेको आर्थिक सहायता उपलब्ध गराउनुपर्ने अहिलेको जटिल स्थितिमा कंग्रेसका दुवै दलबीच समझदारी हुनेमा आफू विश्वस्त रहेको पनि बताए ।
अर्थमन्त्री मन्चिन र सभामुख पेलोसीबीच आर्थिक प्याकेजका सन्दर्भमा महिनौंदेखि छलफल भएको थियो, तर गत नोभेम्बरको राष्ट्रपति निर्वाचन हुनुअघि कुनै सम्झौता हुन सकेको थिएन । गत अक्टोबरको सुरुमै डेमोक्रेटिक पार्टीको बहुमत रहेको हाउस अफ रिप्रिजेन्टेटिभ्सले २२ खर्ब डलरको राहत प्याकेज अनुमोदन गरेको थियो । कतिपय सिनेटका सदस्यहरुले भने राहत प्याकेज १० खर्ब डलरभन्दा सानो हुनुपर्ने जिकिर गरेका थिए । ह्वाइट हाउसले अघि सारेको यो नयाँ प्रस्ताव चुनावपछि ट्रम्प प्रशासनको पहिलो कदम हो । नयाँ आर्थिक प्याकेजको अभावमा धेरै अमेरिकीले आफ्नो बेरोजगारी भत्ताबाट विमुख हुनेछन् ।
अमेरिकी चेम्बर अफ कमर्शले अमेरिकी कंग्रेस समक्ष एक पत्र पठाउँदै अर्थपूर्ण राहत प्याकेजको अभावमा दोहोरो अंकको आर्थिक मन्दी छाउने, धेरै साना व्यवसाय सदाका लागि बन्द हुने तथा लाखौं अमेरिकी बेरोजगार हुने चेतावनी दिएको छ । सोमबारसम्म एक लाख १० हजारभन्दा बढी अमेरिकी रेस्टुराँ पूरै बन्द भएको राष्ट्रिय रेस्टुराँ संघले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- आजदेखि नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु
- जनकपुरमा सहकारी संस्थाका कर्मचारीबाट लुटियो ८० लाख
- अग्नीपीडितलाई लहान नगरपालिकाको सहयोग
- दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङ सुरु
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया