इन्ता अटायर बुटिकमा न्यु एयर अफर सुरु, २० प्रतिशतसम्म छुट
काठमाडौं ।
इन्ता अटायर बुटिकले नयाँँ वर्ष अफर सुरु गरेको छ । बालाजुको माछापोखरी १६ मा रहेको बुटिकले अंग्रेजी नयाँ वर्ष २०२१ को लागि विशेष छुट अफर सुरु गरेको हो । विगतमा पनि हरेकजसो फेस्टिवलहरुमा आफ्ना ग्राहकहरुको लागि आकर्षक छुट अफर ल्याउने गरेको बुटिकले अंग्रेजी नयाँ वर्षको अवसर पारेर यही डिसेम्वर २९ अर्थात् आजदेखि जनवरीको पहिलो हप्तासम्मको लागि छुट अफर सञ्चालनमा ल्याएको हो ।
बुटिककी सञ्चालिका समेत रहेकी समाजसेवी इन्ता श्रेष्ठका अनुसार आफ्ना ग्राहकहरुको खुसीको लागि १० देखि ४० हजार रुपैयाँसम्मको कपडा खरिदमा २० प्रतिशतसम्म छुट दिन लागिएको हो । ‘यो छुट बुटिकमा उपलब्ध रहेको महिला, पुरुष र बच्चाहरु सबैको कपडाहरुमा हो’, सञ्चालिका श्रेष्ठले भनिन् । उचित मूल्यमा उच्च गुणस्तरको डिजाईनर लेहेंगा, गाउन, सारीलगायतका सबै कपडाहरुमा छुट दिने गरी अफर ल्याएको उनले बताइन् ।
यो छुट भरपुर फाइदा लिनको लागि पनि सञ्चालिका श्रेष्ठले आफ्ना सबै किसिमका ग्राहक, शुभचिन्तकहरुमा आग्रह गरेकी छिन । आफ्नो ग्राहकहरुको खुसी र सन्तुष्टिलाई पहिलो प्राथमिकता राखेर पोशाकहरुको डिजाइन गरेको सबै पोशाकहरुमा प्रयोग गरिने कच्चा पदार्थ पनि उच्च गुणस्तरको रहेको उनले बताइन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया