दोलखा ।
दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेमा रहेको ईश्वरभूमि बचत तथा ऋण सहकारी संस्थाको ५औँ वार्षिक साधारणसभा सनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष सुवास बस्नेतको अध्यक्षयतामा सम्पन्न भएको साधारणसभामा संस्थाकी सचिव मन्दिरा भण्डारीले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यसैगरी साधारणसभामा संस्थाका कोषाध्यक्ष ढालबहादुर बस्नेतले २०७६/०७७ को ४२ लाख ९६ हजार एक सय ८४ रुपैयाँबराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीको सेयर पुँजी तीन लाख १६ हजार सात सय रुपैयाँ पुगेको छ । त्यसैगरी संस्थाको नाफा एक लाख ३२ हजार तीन सय रुपैयाँ रहेको छ । संस्थामा तीन सय ३२ जना सेयर सदस्य र ३० जना बाल सदस्य ३० रहेका छन् । साधारणसभा बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेका कार्यबाहक वडा अध्यक्ष कमल अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया