दोलखा ।
दोलखामा एक महिलाले एक सय पाँच वर्षको उमेरमा नागरिकता लिएकी छिन् । जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर ३ की दुर्गामाया कार्कीले मंगलबार नागरिकता लिएकी हुन् । कार्कीलाई जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले नागरिकता प्रदान गरे । दोलखाका प्रमुख जिल्ला अधिकारी शिवाकोटीका अनुसार नागरिकतामा उनको जन्म विक्रम् संवत् १९७२ भदौ १८ कायम भएको छ । वंशजका आधारमा नागरिकता दिने सिफारिससहित मेलुङ गाउँपालिका वडा नं ३ का अध्यक्ष हिरा थोकर र कार्कीको माइती पक्ष मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
जिल्लाको तामाकोशी गाउँपालिका–४ मालुमा जन्मेकी कार्कीले मेलुङ ३ मा विवाह गरेकी थिइन् । उनको विवाह कति सालमा भयो भन्ने उनलाई थाहा नभएको वडा अध्यक्ष हिरा थोकरले जानकारी दिए । कार्कीको श्रीमानको मृत्यु भएपछि छोरी साथमा लिएर उनी माइतीघरमा बस्दै आएकी थिइन् । हजुरबुबा बितेपछि हजुरआमा र आमा यतै मालुमा बस्न थालेको कार्कीका नाति स्थानीय शिक्षक बाबुराम खत्रीले बताए । माइती बस्न थालेपछि कार्कीले नागरिकता बनाउन सकेकी थिइनन् ।
मेलङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष हिरा थोकरको पहलमा कार्कीको भतिजो साक्षी बसेपछि कार्कीले नागरिकता पाएकी हुन् । कार्कीका ६ जना दाजु, दिदी र भाइमध्ये कान्छो भाइ अझै छन् । कान्छो भाइले उनको उमेर बताएपछि वडा कार्यालयले नागरिकता बनाउन सिफारिस गरेको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
- डिजेल र मट्टीतेलको मूल्य घट्यो
- सरकारको नाममा गइसकेको जग्गा हडप्न दुगडसँग सेटिङ
- क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमण प्रयास
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया