वेल्स फर्गोका प्रमुख कार्यकारीले खर्च कटौती योजना ल्याउने
अमेरिका ।
अमेरिकी बहुराष्ट्रिय वाणिज्य सेवाप्रदायक कम्पनी वेल्स फर्गोले खर्च कटौतीको योजना ल्याउने भएको छ । कम्पनीका प्रमुख कार्यकारी चार्ली स्कार्फले लगानीकर्तालाई यही हप्ता योजनाबारे विस्तृतमा जानकारी गराउने भएका हुन् ।
रोयटर्सका अनुसार वालस्ट्रिले कम्पनीको नाफा ३८ प्रतिशतले घटेको तथ्यांक आगामी शुक्रबार सार्वजनिक गर्न सक्ने जनाएको छ । कोरोनाका कारण कम्पनीको नाफा घटेको हो । योजना महंगो हुने हो कि भनेर लगानीकर्ता भने चिन्तित रहेको बताइएको छ । अक्टोबरमा स्कार्फले रणनैतिक योजनाबारे कुरा निकाल्दा कम्पनीको सेयर ४५ प्रतिशतले बढेको थियो । सो क्रममा जेपीमोर्गान चेस एण्ड कम्पनी र बैंक अफ अमेरिका कर्पको भन्दा उक्त कम्पनीको सेयर वृद्धि राम्रो देखिएको थियो ।
सन् २०१६ को धोकाधडी काण्डपछि वेल्स फर्गोको व्यवस्थापनले रुपान्तरण गर्ने वाचा गरेको थियो । तर अहिले भने फरक अवस्था देखिएको विश्लेषकहरुले बताएका छन् । स्कार्फले अहिले मानिसहरुको कम्पनीप्रतिको धारणामा परिवर्तन ल्याएको बताइएको छ । स्कार्फले सन् २०१९ अक्टोबरबाटै परिवर्तनमा जोड दिएका थिए । यद्यपि प्रगति गर्ने समयसहितको परिवर्तनको विस्तृत रुपरेखा भने खुलाउन सकेका छैनन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया