राष्ट्रिय वाणिज्य बैंकको छ महिनाको नाफा एक अर्ब ७४ करोड
काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको छ महिना अर्थात् दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ७४ करोड ८८ लाख ५९ हजार नौ सय ९५ रुपैयाँ खुद मुनाफा कमाएको छ । आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब २० करोड ९४ लाख ८२ हजार तीन सय ६५ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी नौ अर्ब ४७ लाख ९५ हजार सात सय रुपैयाँ रहेको बैंकले चालू आवको पछिल्लो अवधिमा दुई खर्ब ४१ अर्ब ४९ करोड ६८ लाख ४१ हजार चार सय ८५ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६२ अर्ब ६८ करोड ७५ लाख १८ हजार एक सय ३८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ९१ करोड दुुई लाख ६२ हजार आठ सय ७५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव नौ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ८० करोड ४४ लाख ६७ हजार एक सय ३६ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले दुुई खर्ब ३० अर्ब ९० करोड २६ लाख ३६ हजार आठ सय ८४ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५० अर्ब ७९ करोड ७८ लाख ४६ हजार सात सय २५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब छ करोड छ लाख २६ हजार ७४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ५३ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया