चीनमा विद्युतीय मुस्ताङ उत्पादन गर्दै फोर्ड
वेइजिङ ।
चर्चित सवारीसाधन ब्रान्ड फोर्डले विद्युतीय मुस्ताङ गाडी चीनमा उत्पादन गर्ने भएको छ । कम्पनीले पहिलोपटक चीनबाट विद्युतीय मुस्ताङ उत्पादन गर्नलागेको हो । अमेरिका कार निर्माताले यही वर्षको अन्त्यतिर मुस्ताङ म्याक–ई उत्पादन थाल्ने बताएको छ । चीन विद्युतीय सवारीसाधनको ठूलो बजार हो ।
यसअघि नै यो महिनाको सुरुतिर टेस्लाले आफ्नो मोडल वाई शांघाईमा रहेको फ्याक्ट्रीबाट उत्पादन सुरु गरेको थियो । सबैजसो पश्चिमेली सवारीसाधन कम्पनीले चीनलाई लक्षित गरी उत्पादन थालिरहेका छन् । विद्युतीय सवारीसाधनको व्यापार फस्टाउँदो अवस्थामा रहेकाले कम्पनीहरु चीनतर्फ बढी आकर्षित भएका हुन् ।
फक्सवागनले पनि चाँडै चीनस्थित नयाँ निर्मित दुईवटा कारखानाबाट विद्युतीय सवारीसाधन उत्पादन गर्ने बताइसकेको छ । चीन विश्वकै ठूलो कार बजार हो । यहाँ हरेक वर्ष दुई करोड कार बिक्री हुन्छन् । गत बिहीबार जर्मनीको डायम्लरले २०२० को लागि बलियो नतिजा सार्वजनिक गरेको थियो । चिनियाँ अर्थतन्त्र सुधारिँदो क्रममा रहेको र सरकारी नीति पनि विद्युतीय सवारीसाधन मैत्री देखिएको कारण फोर्डले पनि नयाँ उत्पादनको तयारी गरेको हो ।
नयाँ विद्युतीय मुस्ताङ स्पोर्ट्स युटिलिटी भेहिकल (एसयूभी) हुनेछ । मुस्ताङ एसयूभीको आयात खर्चिलो समेत भइरहेको सन्दर्भमा स्थानीय तहमै उत्पादनको तयाारी भएको बताइएको छ । फोर्डले गत वर्ष मार्चमा चीनमै बनेको लिंकन सार्वजनिक गरेको थियो । यद्यपि चीनमा फोर्ड प्रतिस्पर्धात्मक स्तरमा उक्लिनसकेको छैन ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया