नयाँ दिल्ली ।
भारतले आफ्नै भर्चुअल मुद्रा ल्याउने भएको छ । यससम्बन्धी नयाँ कानुन ल्याउन तल्लो सदनमा विधेयक दर्ता गरेको एजेन्सीहरुले जनाएका छन् । बिटक्वाइनलगायतका विभिन्न क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउँदै भारतले आफ्नै भर्चुअल मुद्रा ल्याउनलागेको हो ।
उक्त मुद्रा भारतको केन्द्रीय बैंकले जारी गर्ने गरी सरकारले संसदमा छलफलको विषय बनाएको रोयटर्सले जनाएको छ । नयाँ कानुनले आधिकारिक डिजिटल मुद्रा निर्माण गर्ने फ्रेमवर्क तयार गर्नेछ । यससम्बन्धी विवरण भारतको तल्लो सदनले गत शुक्रबार आफ्नो वेबसाइटमै प्रकाशित गरिसकेको छ ।
उक्त विधेयक अब संसदमा छलफल हुनेछ । यसले भारतमा सबैखाले निजी क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरिएको छ । तर क्रिप्टोकरेन्सीको प्रविधि र यसको प्रयोगलाई भने केही छुटसम्बन्धी प्रावधान राखिएको बताइएको छ । सन् २०१९ को मध्यतिरै भारत सरकारको एउटा प्यानलले निजी क्रिप्टोकरेन्सीहरुमाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया