नेपालको उद्योग धन्दामा साना तथा मझौलाको अंश ८६ प्रतिशत
काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा सञ्चालित उद्योगधन्दामा साना तथा मझौलाको अंश लगभग ८६ प्रतिशत रहेको बताएका छन् । उनका अनुसार साना तथा मझौला उद्योगको अर्थतन्त्रमा करिब २३ प्रतिशत योगदान छ ।
महासंघद्वारा गठित घरेलु तथा साना उद्योग समितिको विस्तार कार्यक्रममा उनले कोभिडको सबैभन्दा ठूलो असर पनि यही क्षेत्रमा परेको बताए । उनका अनुसार साना तथा मझौला उद्योग व्यवसाय अधिकांश असंगठित क्षेत्रमा रहेकाले कोभिडका कारण यसमा आश्रित १६ देखि २० लाख मानिस प्रभावित भएका छन । यो क्षेत्रलाई माथि उठाउन के कस्तो सहयोग आवश्यक छ, त्यसमा समितिले गहन अध्ययनसहित सुझाव तयार गर्नुपर्ने उनले बताए ।
समितिले गरेको गृहकार्यबाट आउने सुझाव महासंघले तयार गर्ने भिजन पेपरका लागि समेत सहयोगी होस् भन्ने चाहना महासंघले गरेको उनको भनाइ थियो । कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले घरेलु तथा साना उद्योगहरू मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले के गर्दा यो क्षेत्रको प्रवद्र्धन गर्न सकिन्छ र यस क्षेत्रलाई निर्बाध सञ्चालनमा सहयोग गर्न सकिन्छ त्यसमा कार्य गर्न समितिलाई सुझाव दिए ।
महासंघको कार्यकारिणी समिति सदस्य डीबी बस्नेतकोे सभापतित्वमा गठित घरेलु तथा साना उद्योग समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य किशोर आचार्य चुनिएका छन् । यस्तै सदस्यहरूमा महासंघको कार्यकारिणी समिति सदस्यहरु तारानाथ घिमिरे, विजय कुमार साह, सहनलाल प्रधान, शोभाकान्त पराजुली, जमशेर मिया, लालीमान बुढा र पुष्पराज कुँवर चयन भएका छन् ।
समितिका विशेष आमन्त्रित सदस्यहरुमा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे, दोलखा उद्योग वाणिज्य संघका सल्लाहकार पृथ्वीबहादुर श्रेष्ठ, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेल, काभ्रे उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मीलाल राजभण्डारी, गैँडाकोट उद्योग वाणिज्य संघका उपाध्यक्ष लिला बहादुर अधिकारी, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य जनक खराल, नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका महासचिव रामकुमार रायमाझी, ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुसन महर्जन, दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुषाल, धुलिखेल उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शुभाषकाजी माकाजु, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य ज्ञानबहादुर तामाङ, फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन नेपालका सदस्य केदार बस्नेत, नेपाल मुद्रण उद्योग संघका गोपाल प्रसाद ढकाल, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, नेपाल हातेकागज संघका अध्यक्ष किरण डंगोल र लिफप्लस प्रालिका प्रबन्धक हरि दाहाल रहेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया