वीरगञ्ज हार्ट एण्ड सुपर स्प्यासिलिटी पोलिक्लिनिकको सेवा सुरू
बीरगञ्ज । ।
वीरगञ्जमा मुटुसम्बन्धी सम्पूर्ण रोगको उपचारका लागि ‘वीरगञ्ज हार्ट एण्ड सुपर स्प्यासिलिटी पोलिक्लिनिक’ले सेवा सुरू गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बिहीबार पोलिक्लिनिकको उदटन गरेका हुन् । मुटुसम्बन्धी समस्याको सहज उपचारलाई लक्षित गरेर सेवा सुरू गरिएको पोक्लिनिकका सञ्चालक डा. मधु गुप्ताले बताइन् ।
बिरामीहरूलाई सहज र सुलभ रुपमा विशेषज्ञसहित सेवा प्रदान गरिने सञ्चालक डा. गुप्ताले जानकारी दिइन् । पोलिक्लिनिकमा मुटुसम्बन्धी उपचारमा टीएमटी, पीएफटी, इको, एबीपी मोनिटरिङलगायतको सेवा दिइनेछ । पोलिक्लिनिकले विशेषज्ञ डाक्टरहरूद्वारा मुटुसम्बन्धी सबै उपचार सेवा, मधुमेह, थाइराइड, स्त्री रोग, पेटसम्बन्धी समस्या, फोक्सोको जाँच र नशा रोगको उपचारको प्रबन्ध मिलाएको डा. गुप्ताले बताइन् ।
बाल तथा शिशु रोग विशेषज्ञबाट नवजात शिशु र बाल रोगको पनि उपचार हुने पोलिक्लिनिकले जानकारी दिएको छ । बिरामीलाई सहज रुपमा उपचारका लागि पोलिक्लिनिक परिसरमै प्याथोजी ल्याब र फार्मेसीको पनि व्यवस्था मिलाइएको छ । पोलिक्लिनिकले उपचारमा नयाँ प्रविधि र विशेषज्ञतालाई विशेष जोड दिइएको बताएको छ । वीरगञ्जबाहिरका विशेषज्ञ डाक्टरहरूबाट पनि बिरामीलाई सेवा प्रदान गर्ने व्यवस्था मिलाउने योजना पनि बनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया