युवाले कोदो झार्ने मेसिन बनाएपछि स्थानीय खुसी
सोलुखुम्बु ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ४ का दुई युवाले कोदो झार्ने मेसिन निर्माण गरेका छन् । स्थानीयरूपमा खेर गएका सामग्रीबाट स्थानीय युवाले कोदो झार्ने मेसिन निर्माण गरेका हुन् । बिग्रेको मोटरसाइकलको चेन, अलकत्रको जस्ता र मोटर प्रयोग गरेर कोदो झार्ने मेसिन निर्माण गरेका हुन् । उक्त मेसिन निर्माण भएसँगै घण्टौँ लगाएर हातमा ठेला उठाउँदै कुदो चुट्ने बाध्यताको अन्त्य भएको भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् ।
उमेरले ७२औँ वसन्त पार गरिसकेकी जसलक्ष्मी राई भन्छिन्, ‘मलाई लाग्दैनथियो कि गाउँमै कोदो चुट्ने मेसिन निर्माण हुन्छ र त्यसबाट सहजै कोदो कुट्न सकिन्छ भनेर । तर गाउँका दुई युवाले कोदो चुट्ने मेसिन निर्माण गरेपछि अहिले गाउँका धेरै जना अचम्मित भएका छन् ।’ मेसिन निर्माण भएपछि कोदोको दाना बनाउनका लागि सहज भएको स्थानीयको भनाइ छ । राईले भनिन्, ‘हिजोसम्म हातमा ठेला उठाएर कोदो झार्नुपथ्र्यो अहिले त मेसिनले कुट्छ, निकै सजिलो भएको छ । कति मज्जाले काम गर्न सकिँदोरहेछ ।’
अघिल्लो वर्षसम्म १० जना मान्छेले दुई दिन लगाएर झार्ने कोदो अहिलेमेसिनले तीन घण्टामै सकिदिएपछि पैसा र समय दुवैको बचत भएको स्थानीयको भनाइ छ । समयको बचतसँगै सहजरूपमा समेत काम सम्पन्न गर्न सकिने यो मेसिन निकै उपयोगी भएको अर्का स्थानीय जयकुमार राईले बताए । प्रविधिको विकाससँगै गाउँमा पनि विभिन्न सामग्री बन्दा निकै सहज भएको उनले सुनाए ।
कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणको लागि देशमा लकडाउन सुरु भएपछि काठमाडौंबाट गाउँ फर्किएका अर्जुन राई र सोही गाउँका बिकल राई मिलेर कोदो कुट्ने मेसिन निर्माण गरेका हुन् । धान कुट्ने थ्रेसर मेसिन युटुबमा हेरेर सोहीअनुसार आफूहरूले पनि बिग्रेको मोटरसाइकलको चेन, अलकत्रको जस्ता र मोटरलगायतका सामान जोडेर कोदो झार्ने मेसिन निर्माण गरेको उनीहरूले सुनाए । समयको सदुपयोगसँगै यो मेसिनबाट आम्दानी पनि लिन सकिएको उनीहरूले बताए । विद्युत्बाट सञ्चालन हुने उक्त मेसिनले एक घण्टामा चार मुरीसम्म कोदो झार्ने गरेको उनीहरूको भनाइ छ ।
मेसिन निर्माण भएसँगै स्थानीय नागरिकलाई कोदो झार्न सहज मात्र भएको छैन कि निर्माण गर्ने स्थानीय दुई युवालाई पनि राम्रो आम्दानी हुने गरेको छ । स्थानीय सरकारले स्रोत साधनहरू जुटाइदिएर अवसर प्रदान गर्ने हो भने यस्तै अन्य सिर्जनशील कामहरू गर्न सकिने उनीहरूले सुनाए । त्यसो त नागरिकको नजिकको सरकार स्थानीय सरकारलगायत देशका अन्य दुई सरकारले पनि यस्ता प्रतिभाहरूलाई उजागर गर्न आवश्यक छ । जसले गर्दा बिग्रेका समग्रीको प्रयोग हुनुका साथै रोजगारी समेत सिर्जना हुने थियो ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया