सोलुखुम्बुका ३ सय बढी विद्यार्थीलाई छात्रवृत्ति
सोलुखुम्बु ।
सोलुखुम्बुका तीन सय बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । लामो समयदेखि जिल्लाको शिक्षा क्षेत्रमा काम गर्दै आएको ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) जिल्लाका तीन सय २३ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको हो ।
सोलुुखुम्बुमा विगत आठ वर्षदेखि वितरण गर्दै आएको छात्रवृत्तिलाई यो वर्ष पनि निरन्तरता दिएको रिड नेपाल सोलुखुम्बुले जनाएको छ । आर्थिक स्थिति कमजोर भएका कारण विद्यालय जानबाट वञ्चित भएका बालबालिकाहरूलाई विद्यालयमा नियमित उपस्थिति गराउने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको रिड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले जानकारी दिए ।
चालू आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाका आठ स्थानीय तहमध्ये सात स्थानीय तहका कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई वार्षिक छात्रवृत्ति कार्यक्रमअनुसार झोला, ज्याकेट, कपी, मास्क, सेनिटाइजर, टुथपेस्ट र ब्रस वितरण गरिएको संयोजक गिरीले बताए ।
छात्रवृत्ति पाउनेमा जिल्लाको सोलुदूधकुण्ड नगरपालिकाका ४३, नेचा सल्यान गाउँपालिकाका ४८, थुलुङ दूधकोशीका गाउँपालिकाका ९१, माप्यदूधकोशीका गाउँपालिकाका ४८, महाकुलुङका गाउँपालिकाका ३५, सोताङका गाउँपालिकाका ३९ र लिखुपिके गाउँपालिकाका १९ गरी जम्मा तीन सय २३ जना विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराइएको संयोजक गिरीले बताए ।
रिड नेपालले प्राविधिक शिक्षा हासिलका लागि सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्मास्थित गार्मा माविमा प्राविधिक धार कृषि बालीविज्ञान अध्ययनका लागि पाँच जना छात्राहरूलाई गत वर्षदेखि पूर्ण छात्रवृत्तिको व्यवस्था समेत गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया