माल्दिभ्सले नागरिकलाई घरैमा पुगेर कोभिड खोप सेवा दिने
माले ।
माल्दिभ्सले कोभिड–१९ विरूद्धको खोप सेवा घरघरमा पुगेर दिने घोषणा गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोभिड–१९ को महामारी तथा असक्तताका कारण घरभन्दा टाढा पुगेर सेवा लिन असमर्थ समुदायलाई लक्षित गरी मोबाइल खोप सेवा उपलब्ध गराउन लागिएको माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय (एचपीए), माल्दिभ्स रेड क्रेसेन्ट तथा धमना वेसी सहरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रले पुष्टि गरेका छन् ।
सरकारको अभियानलाई सफल पार्न यी संस्थाहरूले प्रतिवद्धता जनाएका हुन् । अभियानबारे एमआरसी सेक्रेटरी जनरल फतिमा हिम्यलाई उद्धृत गरी भनिएको छ, ‘एमओसीले गाउँ गाउमा पुगेर खोप लगाउन नागरिकहरूलाई सचेत बनाएको छ साथै खोप अभियानमा सहयोग गरेको छ ।’ ती संस्थाहरूले खोप लगाएपछि हुने सम्भावित समस्यालाई मध्य नजर गर्दै एम्बुलेन्समार्फत आकस्मिक सेवासमेत दिने जनाइएको छ ।
माल्दिभ्सले फेब्रुअरी १ देखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम अघि बढाएको छ भने अहिलेसम्म ४३ हजार ८१७ व्यक्तिलाई प्राथमिकताका आधारमा खोप दिइसकेको छ । खोप लगाएका मध्ये अधिकांश मानिस राजधानी माले तथा अन्य सहरी क्षेत्रका रहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया