लन्डन ।
कच्चा तेलको मूल्य १३ महिनायता बलियो देखिएको छ । एजेन्सीहरुका अनुसार मंगलबार कच्चा तेलको मूल्य नयाँ विन्दुमा पुगेको हो । कच्चा तेल उत्पादन गर्ने अमेरिकी राज्य टेक्ससले मौसमू प्रतिकूलताका कारण कच्चा तेलकोे इनार बन्द गरेपछि र नर्वेले युरोपको आपूर्ति अवरोध हटाउने एक सम्झौता गरेपछि मूल्य बढेको हो ।
यसबाहेक विश्वमा कोरोना खोप वितरण सुरु भएसँगै कच्चा तेलको माग पनि बढेको छ । मंगलबार बेन्चमार्क ब्रेन्ट क्रुड १६ सेन्टले अर्थात् शून्य दशमलव दुई प्रतिशतले घटेर ६३.१४ अमेरिकी डलर प्रतिब्यारेल पुगे पनि यो गत वर्ष जनवरीयता उच्च विन्दुमै रहेको छ ।
त्यस्तै अमेरिकी कच्चा तेल वेस्ट टेक्सस इन्टरमेडिएट (डब्लुटीआई) ३३ सेन्ट प्रतिब्यारेल बढेर ५९.८० डलर पुगेको छ । अमेरिकामा चिसो बढेसँगै टेक्सस राज्यले तेलको इनार र प्रशोधनगृह समेत सोमबार बन्द भएको थियो । टेक्ससले प्रतिदिन ४६ लाख ब्यारेल तेल उत्पादन गर्छ भने त्यही राज्यमा ३१ प्रशोधनगृह छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
- रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया