भारतले यो वर्ष अहिलेसम्मकै धेरै परिमाणमा गहुँ र चामल उत्पादन गर्ने
नयाँ दिल्ली ।
भारतले यो वर्ष कीर्तिमानी परिमाणमा गहुँ र धान (चामल) उत्पादन गर्ने देखिएको छ । रोयटर्सका अनुसार यो वर्ष भारतले १० करोड ९२ लाख ४० हजार टन गहुँ उत्पादन गर्ने अनुमान गरिएको छ । अहिले सरकारी भण्डारणगृहमा गहुँ (दाना) सकिँदै गर्दा भारतले उत्पादन बढाउनलागेको भारतीय कृषि मन्त्रालयले जनाएको छ । धेरै गहुँ उत्पादन गर्ने भारत विश्वकै दोस्रो ठूलो देश हो ।
सन् २०२१ को जुनसम्म भारतको गहुँ उत्पादन १.३ प्रतिशतले बढ्ने अनुमान रहेको कृषि तथाा किसान कल्याण मन्त्रालयले जनाएको छ । त्यस्तै धान (चामल) उत्पादन पनि १.२ प्रतिशतले बढेर १२ करोड ३ लाख २० हजार टन पुग्नेछ । भारत चामल उत्पादन गर्ने विश्वकै दोस्रो ठूलो देश हो भने निर्यात गर्नेमा पहिलो नम्बरमा पर्छ । यो वर्ष कुल दाना नै अघिल्लो वर्षभन्दा धेरै अर्थात् २९ करोड ७५ लाख टनको तुलनामा ३० करोड ३३ लाख ४० हजार टन उत्पादन हुने मन्त्रालयले अनुमान गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया